पर्यटन दिवसमा वीरगन्ज नाकामा धार्मिक पर्यटकको भव्य स्वागत

पर्यटन दिवसमा वीरगन्ज नाकामा धार्मिक पर्यटकको भव्य स्वागत
तस्बिर : अन्नपूर्ण

वीरगन्ज : पर्यटन दिवसका दिन शुक्रबार वीरगन्ज नाकामा भारतबाट आएका भारतीय पर्यटकलाई स्वागत तथा सम्मान गरिएको छ । वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरूले नेपालको जनकपुरको जानकी मन्दिर र काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका भारतीय पर्यटकलाई नाकामै पुगेर फूलमाला लगाएर स्वागत गरेका हुन्।

त्यसअवसरमा उनीहरूलाई शुभसाइतका रुपमा दही र जुस खुवाएर काठमाडौं र जनकपुरका लागि विदाई पनि गरिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले जानकारी दिए।साथै उनीहरूलाई काठमाडौं र जनकपुरसम्म पुग्नका लागि सवारी भाडाको व्यवस्थापन पनि वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरूले गरेका उनले बताए ।

null

धार्मिक पर्यटनलाई बढाबा दिएर पर्यटन दिवस मनाइएको भन्दै अध्यक्ष पन्तले अब राज्यको महत्त्वमा धार्मिक पर्यटन पनि पर्नुपर्ने बताए ।  पशुपतिनाथ,जनकपुर ,गढिमाई, मुक्तीनाथ जस्ता पवित्र धार्मिकस्थलहरू नेपालमा प्रशस्त रहेपनि राज्यले त्यस्ता धार्मिक पर्यटकीय स्थलहरूको प्रवर्द्धन र प्रचार प्रसारमा ध्यान दिन नसकेका गुनासा पन्तले गरे। सम्भावना धेरै भएपनि राज्यका उदासीनताका कारण नेपालको धार्मिक पर्यटन ओझेलमा परेको उनले बताए ।

त्यसकारण धार्मिक पर्यटन प्रवर्द्धन र प्रचारप्रसारमा सरकारको ध्यान तान्नकै लागि पनि पर्यटन दिवसको अवसर पारेर वीरगन्ज नाकामा आफूहरले भारतबाट आएका धार्मिक पर्यटकहरूलाई स्वागत तथा सम्मान गरेको अध्यक्ष पन्तले बताए ।

null

अध्यक्ष पन्तकै अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान,पर्सा शाखाका उपाध्यक्ष युवराज खडका,युवा अभियन्ता दिलिपराज कार्की,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,होटल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष  रचेन्द्र थापा , महासचिव  माधव बस्नेत,सचिव सन्दीप बस्नेत,संघका सदस्यहरू हिरा श्रेष्ठ,कुबेर कार्की ,पर्यटन प्रहरीलगायतको  सहभागीता थियो ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.