अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश
सुन्नुहोस्

मकवानपुर :  अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले बागमती प्रदेश प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष ३४ औं प्रतिवेदन पेश गरेको छ। कार्यालय प्रमुख उमाकान्त  आचार्य  लगायतको समूहले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन पेश गरेका हुन्। 

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले पारदर्शिताको सबैभन्दा अपरिहार्य सवाल भएकोले यसतर्फ सचेत हुनुपर्ने बताए। आर्थिक तथा अन्य कुनै पनि अख्तियारीमाथिको पारदर्शिताको लागि आयोगले गर्दै आएको काममा आफ्नो पूर्ण साथ रहने प्रमुख देवकोटाले बताए। अख्तियारले बुझाएको प्रतिवेदन अध्ययन गरेर आफूले थप सुझाव प्रदान गर्ने उनले बताए।

आयोगले वर्षभरी गरेको काम कारबाही समेटेर तयार पारिएको आर्थिक वर्ष २०८०/०८१ को ३४ औं वार्षिक प्रतिवेदनमा बुझाएको हो। जम्मा ६ परिच्छेद र ५२४ पृष्ठ रहेको छ। नेपालको संविधानको धारा २९४ को उपधारा ३ को व्यवस्था बमोजिम प्रदेश प्रमुखसमक्ष पेस गरिएको हो।

आयोगको कार्यालय हेटौंडाको उजुरी दर्ता र फर्छ्यौट सम्बन्धी विवरण हेर्दा बागमती प्रदेशका विभिन्न विषयका संघीय कार्यालयहरूसँग सम्बन्धित १७९, प्रदेशका कार्यालयहरूसँग सम्बन्धित २४५ र स्थानीय तहसँग सम्बन्धित ५२३ गरी कुल ९४७ उजुरी दर्ता भएकोमा ६९९ उजुरी विभिन्न माध्यमबाट फर्छ्यौट भएका छन्। 

त्यसैगरी मधेश प्रदेशका विभिन्न विषयका संघीय कार्यालयहरूसँग सम्बन्धित २६३, प्रदेशका कार्यालयहरूसँग सम्बन्धित १८२ र स्थानीय तहसँग सम्बन्धित १७६१ गरी २२०६ उजुरी दर्ता भएकोमा १५४३ उजुरी विभिन्न माध्यमबाट फर्छ्यौट भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.