जिपिके फाउन्डेशन अमेरिका सम्मानित
क्विन्स (न्युयोर्क) : अमेरिकामा सामाजिक कार्यमा सक्रिय रहेको गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकालाई सम्मान गरिरहेका छ।
अमेरिकामा सामाजिक सेवाका कार्यहरूमा सर्वोकृष्ट काम गरेको कदर स्वरुप क्विन्स बोरो प्रेसिडेन्ट डोनोभन रिचार्ड्सले फाउण्डेशनलाई सम्मान गरेका हुन्। दक्षिण एसियाली एंव इन्डो क्यारिबियन समुदायका प्रतिनिधिहरूमाझ गरिएको उक्त सम्मान प्रेसिडेन्ट डोनोभन रिचार्ड्सले फाउन्डेशनका अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे सम्मानपत्र हस्तान्तरण गरेका थिए।
‘हामीले गरेको कामको कदर हुँदा खुसी लागेको छ,’ जिपिके फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेले भने, 'यसले हामीलाई सामाजिक काम अझै सक्रिय हुन उत्प्रेरणा थपेको छ।' सम्मान कार्यक्रममा विभिन्न देशका सांस्कृतिक नृत्य एंव गायन प्रस्तुती गरिएको थियो।
क्विन्स बोरो प्रेसिडेन्ट डोनोभन रिचार्ड्सलाई नेपाली टोपी र नेपाली खादाले अभिवादन गरेका थिए।
कार्यक्रममा गिरlजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्री, क्रियाशील सदस्यहरू पूर्व एसपी दानबाहादुर मल्ल, गीता अधिकारी, योगेन्द्र अधिकारी, ध्रुव श्रेष्ठ, लाक्पा टी शेर्पा, हिरा तामाङ, सिद्धी परेख, बंगाली क्लब युएसका अध्यक्ष दिनेश मजुमदार, सदस्य नोमेन रोबिन, इन्डो केरिबियन समुदायकी नेत्री केसीई, डिजिटल ब्रिजेस फर नेपालका निक स्टेबेन, मानव अधिकारबादी गुगु मखारीलगायतको सहभागीता थियो।