उत्कृष्ट भिडियोलाई डलरमा पुरस्कार
अमेरिकामा ‘एएमएन–यूसएए कन्टेन क्रियटर अफ द २०२५’ प्रतियोगिता घोषणा

प्रथम पुरस्कार १ हजार डलर(१ लाख ३५ हजार रुपैयाँ), दोस्रो पुरस्कार ५ सय डलर(६७ हजार ५ सय रुपैयाँ) र तेस्रो पुरस्कार २ सय ५० डलर(३३ हजार ७ सय ५० रुपैयाँ) पाउनेछन् ।
भर्जिनिया : संसारभर छरिएर रहेका नेपालीहरूको लुकेको प्रतिभालाई विश्वसामू चिनाउने लक्ष्य राखेर अमेरिकी कम्पनी बाईस्ट्रिम्स् एलएलसी डिबिए एएमएन–युएसएले ‘ एएमएन–यूसएए कन्टेन क्रियटर अफ द २०२५’ प्रतियोगिता घोषणा गरेको छ ।
बुधवार अमेरिकाको भजिर्नियामा आयोजित एक समारोहमा एएमएन–युएसएका चेयरम्यान एड्रियन पोखरेलले ‘एएमएन–यूसएए कन्टेन क्रियटर अफ द २०२५’ प्रतियोगिता घोषणा गरेका हुन् ।
‘संसारभर छरिएर रहेका नेपालीहरुमा लुकेको प्रतिभालाई प्रोत्साहन गर्न एएमएन–यूसएए कन्टेन क्रियटर अफ द २०२५’ घोषणा गरेका हौं’, उनले भने, ‘टिकटकमा भिडियो बनाएर पठाएपछि उत्कृष्ठ भिडियो कन्टेनलाई डलरमा नगद पुरस्कार र सम्मानपत्र सहित उनीहरूलाई अन्तरराष्ट्रिय मंच दिनेछौं ।’
उनका अनुसार यो प्रतियोगितामा सहभागी जनाउन अनिर्वाय रुपमा युटुब च्यानल एएमएन–युएसए च्यानल सस्क्राईब गरिएको हुनुपर्दछ । टिकटकमा विविध विषयमा भिडियो बनाई त्यो भिडियोलाई [email protected] मा मेल गर्नुपर्दछ । पठाइएका ती भिडियोहरू मध्येबाट ३ भिडियोलाई नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरिनेछ ।
प्रथम पुरस्कार १ हजार डलर(१ लाख ३५ हजार रुपैयाँ), दोस्रो पुरस्कार ५ सय डलर(६७ हजार ५ सय रुपैयाँ) र तेस्रो पुरस्कार २ सय ५० डलर(३३ हजार ७ सय ५० रुपैयाँ) पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस !
