अमेरिकाको सफोल्क काउन्टीले महाप्रबन्धक बस्नेतलाई गर्‍यो सम्मान

अमेरिकाको सफोल्क काउन्टीले महाप्रबन्धक बस्नेतलाई गर्‍यो सम्मान
सुन्नुहोस्

न्युयोर्क : अमेरिकाको सफोल्क काउन्टीका लेजिस्लेटर स्यामुएल गोन्जालेजले अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई सम्मान प्रदान गरेका छन्।न्यूयोर्कमा आयोजित एक समारोहका बीच नवौँ लेजिस्लेटिभ डिस्ट्रिक्टका तर्फबाट लेजिस्लेटर गोन्जालेजले पत्रकारिता र सञ्चार क्षेत्रको माध्यमबाट नेपाली समुदायमा विशिष्ट योगदान पुर्‍याएको भन्दै बस्नेतलाई सम्मान प्रदान गरेका हुन्। 

बस्नेतले लामो समयदेखि मिडिया उद्योगमार्फत नेपाली र हिन्दू डायस्पोरामा पत्रकारिताको सीप र दक्षता विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको सम्मान पत्रमा उल्लेख गरिएको छ। सम्मान प्रदान गर्दै लेजिस्लेटर गोन्जालेजले भने, ‘बस्नेतले पत्रकारितामा सत्य र तथ्यको महत्वलाई स्थापित गर्दै पछाडि पारिएका नेपाली आवाजहरूलाई मूलधारमा ल्याउन र उनीहरूको कथालाई विश्वसामु पुर्‍याउन उत्प्रेरकको भूमिका निर्वाह गर्नुभएको छ। उहाँको कार्यले नयाँ पुस्तालाई पत्रकारिता र सञ्चार क्षेत्रमा लाग्न ठूलो प्रेरणा दिएको छ।’

बस्नेत अन्नपूर्ण मिडिया नेटवर्क' (AMN) मा सन् २०२४ जुलाईदेखि महाप्रबन्धकका रूपमा कार्यरत छन्। विगत १८ वर्षभन्दा लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय बस्नेतसँग पत्रपत्रिका बिक्री, वितरण, बजार व्यवस्थापन र कर्पोरेट रणनीति, समाचार संकलन लगायत विभिन्न क्षेत्रमा काम गरेको अनुभव छ। सफोल्क काउन्टीले उनको यो समर्पण र योगदानलाई कदर गर्दै उत्कृष्ट सेवा र समाजप्रतिको उत्तरदायित्वका लागि बधाई समेत ज्ञापन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.