आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू (सूचीसहित)

स्थानीय तह उपनिर्वाचन

आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू (सूचीसहित)
सुन्नुहोस्

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो।

आयोगका अनुसार ३२ जना जिल्ला न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्रतांकित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको पदमा आजदेखि लागू हुनेगरी नियुक्त गरेको हो।

काठमाडौं महानरपालिका-१६ को मुख्य निर्वाचन अधिकृतमा काठमाडौं  जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेल तोकिएका छन्। काठमाडौं महानगरपालिका-१६ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ।

यसैगरी आयोगले कीतिपुर नगरपालिकाको उपचुनावका लागि सर्वोच्च अदालतका उपरजिष्ट्रार इन्दिरा कार्कीलाई निर्वाचन अधिकृत तोकेको छ। कीर्तिपुर नगरपालिकाका मेयर,वडा नम्बर १ र ४ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। यसैगरी आयोगले अन्य स्थानमा पनि निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ।

कार्त्तिक ३० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यसम्पादन हुने  आयोगले जनाएको छ। स्थानीय तहका ४४ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ।

आयोगले  स्थानीय तह उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन आह्वन गरेको छ।

यस्तो छ सूची


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.