तातोपानी कुण्डमा प्राकृतिक उपचारको लागि जानेको संख्या बढ्दै


म्याग्दी : म्याग्दीको तातोपानी कुण्डमा प्राकृतिक उपचारको लागि जानेहरुको संख्या दिन प्रति दिन बढ्दै गएको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका- ४ मा रहेको सिंगा तातोपानीमा विभिन्न रोगको उपचारको लागि सर्वसाधारणहरू पुग्ने गरेका छन् । 

२०४२ सालभन्दा अगाडि अव्यवस्थित रुपमा रहेको तातोपानी कुण्ड २०४५ साल देखि व्यवस्थित रुपमा विकास हुँदै गएपछि अहिले हजारौंको सख्यामा सर्वसाधारणहरु पुग्ने गरेका छन् । पहिला माघ फागुन चैतमा मात्र आन्तरिक पर्यटकहरू कुण्डमा आउने गरेकोमा अहिले बाह्रै महिना तातोपानी कुण्डमा डुबेर बस्न आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए ।

null उक्त कुण्डमा उपचारको लागि आउनेहरु सँग लिएको प्रवेश शुल्कले कुण्ड व्यवस्थापन कर्मचारी तलब र सोही स्थानमा रहेको सरस्वती माध्यमिक विद्यालय सञ्चालनको लागि खर्च हुने गरेको उनले बताए।

कुण्डमा स्नान गर्न आउनेहरुबाट वार्षिक ४० देखि ४५ लाखको हाराहारी रकम उठ्ने गरेको छ । उक्त तातोपानीको पानी परीक्षण गर्दा वीरेनुन गन्धकसहित १२ प्रकारको तत्व रहेको पाइएको अध्यक्ष खड्काले बताए । उक्त पानीमा डुबेर बस्दा ग्याट्रिक बाथरोग ढाड दुख्ने समस्या र छाला लागएत विभिन्न रोग निको हुने विश्वास रहेको छ । तातोपानी कुण्डमा डुबेर बस्दा विभिन्न रोगको निको हुने सुनेर आएको र डुबेर बस्दा रोग निको हुँदै गएको काभ्रेका दिपकराज पन्तले बताए। उक्त कुण्डमा उपचारको लागि बर्षेनी आउने गरेको बाग्लुङका होमनाथ उपाध्यायले बताए।

 प्राकृतिक सम्पदाको रुपमा रहेको तातोपानी कुण्ड व्यवस्थापन र संरक्षणको लागि हालसम्म सरकारबाट सहयोग नभए पनि दाताहरू र स्नान गर्न आउनेहरूबाट उठाएको प्रवेश शुल्क यसको व्यवस्थापन हुँदै आएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.