रोज्मा र रोबिकाको प्रण

आहा ! पोखरा पिज्जा, राजधानीमै स्वादको मज्जा

स्टार्टअपसँग अन्नपूर्ण

आहा ! पोखरा पिज्जा, राजधानीमै स्वादको मज्जा

पोखराको लेकसाइडबाट सुरु भएको पोखरा पिज्जा हाउस अहिले संघीय राजधानी काठमाडौंको धुम्बाराही र ललितपुरको कुपण्डोलमा विस्तार भइसकेको छ।

काठमाडौं : ‘देशमा केही गर्न सकिँदैन’ जताततै यस्तै निराशाका स्वरमात्रै सुनिन्छन्। राम्रो कमाइ र सुरक्षित भविष्य खोज्दै दैनिक तीन हजार युवा देश छोडिरहेका छन्। तर, पोखराका रोज्मा गुरुङ र रोबिका गुरुङ (दिदीबहिनी) को कथा बेग्लै छ। उनीहरू स्वदेशमै स्थापित भइरहेका छन्। नयाँ सोच र अठोट भए जन्मभूमिमै नाम र दाम कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्। 

बुवा विजयबहादुर र आमा कमला गुरुङले सुरु गरेको व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन रातदिन सक्रिय छन। दर्बिलो अठोट र स्पष्ट भिजनसहित एकसाथ अघि बढिरहेका यी दिदीबहिनीले अर्बान हस्पिटालिटी नामक कम्पनीको लिड गरिरहेका छन्। यो कम्पनी अहिले पोखरा पिज्जा हाउसलाई स्वदेश तथा विदेशमा नयाँ ब्रान्डका रूपमा स्थापित गर्न प्रयत्नशील छ। 

नयाँ पुस्ताका यी दिदीबहिनीले बुबा/ममीले सुरु गरेको बिजनेसलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने दृढताका साथ काम गरिरहेका छन्। होटल म्यानेजमेन्टमा स्नातक गरेर एमबीए अध्ययनका लागि रोज्मा अमेरिकामा छिन्। तर, त्यहाँ उनी अध्ययनमा मात्रै सीमित छैनन। अमेरिकामा पोखरा पिज्जा हाउसको आउटलेट खोल्ने विषयमा पनि रिसर्च गर्दै छिन्।

‘अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि मात्र आएकी होइन रोज्मा भन्छिन्, ‘यहाँ पोखरा पिज्जा हाउसको ब्रान्ड पनि स्टाबलिस्ट गर्न आएकी हुँ।’ पढाइ सकिनेबित्तिकै नेपाल फर्किने योजना बनाएकी उनी पोखरा पिज्जा हाउसलाई स्वदेश र विदेशमा एकसाथ अघि बढाउने योजना रहेको सुनाउँछिन्। रोज्माकी बहिनी रोबिकाले सूचना प्रविधि विषयमा स्नातक पूरा गरेकी छिन्। उनी हस्पिटालिटी बिजनेसमा सूचना प्रविधिको भरपूर उपयोग गर्ने गरी योजना बनाइरहेकी छिन्।

उनी ३ कक्षामा पढ्दा उनका बुवाले पोखरा पिज्जा हाउस खोलेका थिए। चीज भनेपछि हुरुक्कै हुने उनी पिज्जाको बास्ना र स्वाद लिँदै हुर्किएकी हुन्। ‘बुवाले स्कुलबाट सीधै पोखरा पिज्जा हाउस ल्याउनु हुन्थ्यो। खाजाका रूपमा प्रायः पिज्जा नै खाइन्थ्यो, उनले आफ्नो बाल्यकाल सम्झिँदै भनिन्, ‘म पिज्जाकै वरिपरि हुर्किएकी हुँ। यसको स्वाद मलाई असाध्यै मन पर्छ।’

‘हामी दिदीबहिनीले सानैदेखि बुवा/ममीको निरन्तर परिश्रम देखेका छौँ। हामी पनि उहाँहरूको काममा आफूले सक्ने जति सपोर्ट गर्दै हुर्किएका हौँ। दिदी स्कुलबाट आएपछि बेकरी पसलमा बस्नुहुन्थ्यो,’ रोबिका भन्छिन्, ‘यो हाम्रो जीवनशैलीमा परिणत भइसकेको व्यवसाय हो। यसलाई नयाँ गन्तव्यमा पुर्‍याउन हामी सक्रिय छौं।’

के हो पोखरा पिज्जा हाउस ?

रोज्मा र रोबिकाका बुवा विजय ६ वर्ष कोरियामा रोजगारी गरेर नेपाल फर्किएका थिए। कोरियामा काम गर्दा उनले काम गरेकै स्थानमा खाना/खाजा मगाएर खाने गरेका थिए। ‘लन्च टाइम भनेर तोकिएको समयमा फोन गरेपछि ट्याक्कै खाना आइपुग्ने सिस्टम मलाई निकै गजब लागेको थियो,’ विजयले भने, ‘कोरियाको जस्तै घरघरमा वा अफिसमा खाना डेलिभरी गर्ने सोचका साथ यो व्यवसायमा लागेको हुँ।’

विजयले सुरुमा दालभात बेच्ने प्लान गरेका थिए। तर, खानाको परिकार र मार्केट स्टडी गर्दा उनले सर्वसुलभ मूल्यमा पिज्जा उपलब्ध गराउन सक्दा यसले मार्केट लिन्छ भन्ने पत्ता लगाएपछि उनी पिज्जातिर लागेका हुन्। 

१४ वर्षअघि गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइडबाट सुरु भएको पोखरा पिज्जा हाउस अहिले संघीय राजधानी काठमाडौंको धुम्बाराही र ललितपुरको कुपण्डोलमा विस्तार भइसकेको छ। रोज्मा र रोबिकासँगै पोखरा पिज्जा हाउस पनि हुर्किंदै गइरहेकोमा विजय दंग छन्। ‘कतिपय नयाँ पुस्ताका केटाकेटीले फेमली बिजनेसमा चासो नदिने गरेको देखेको छु। बाबा/ममीले गरेको काममा रुचि नदिनेहरू पनि भेटिन्छन्। तर, मेरा छोरीहरू भने मैले सुरु गरेको व्यवसायलाई देशभित्र मात्र होइन विदेशमा सम्म पुर्‍याउने लक्ष्यका साथ मेहनेत गरिरहेका छन्, उनले भने, ‘म अभिभावका रूपमा रहने र व्यवस्थापनका जिम्मा छोरीहरूलाई दिने गरी काम गरिरहेको छु।’ 

सर्वसाधारणका खान्की बन्दै पोखरा पिज्जा 

कतिपयलाई पिज्जा धनीको खान्की हो भन्ने लाग्न सक्छ। तर, पोखरा पिज्जा हाउसले यो परिकारलाई सर्वसाधारणको खान्कीका रूपमा अगाडि बढाएको छ। उत्कृष्ट स्वाद र सर्वसुलभ मूल्यमा नेपाली फ्लेवरको पिज्जा उपलब्ध गराएर पोखरा पिज्जा हाउसले ग्राहकको मन जितिरहेको छ। ३ सय ५० रुपैयाँमा दुई जनाका लागि भरपेट पुग्ने पिज्जा उपलब्ध गराउँछ यसले। पिज्जा कम्प्लिट डाइट पनि हो।

यसमा क्यालोरी, फ्याट, कोलेस्ट्रोल, कार्बोहाइड्रेट, सुगर, फाइबर, प्रोटिन सन्तुलित रूपमा पाइन्छ। दलभात खाए मात्र खाना खाएको मान्ने हाम्रो समाजमा पिज्जालाई पनि मेन कोर्स डिसका रूपमा लिन थालिएको छ। ‘वास्तवमा पिज्जामा पाइने पोषण तŒव कडा शारीरिक श्रम गर्नेहरूका लागि उपयुक्त छ,’ रोबिका भन्छिन्, ‘सर्वसुलभ मूल्यमा पोषणयुक्त आडिलो खाना हो पिज्जा।’

यसरी सम्भव भयो नेपाली फ्लेवरको पिज्जा 
पिज्जा मूलतः इलेक्ट्रिक ओभनमा पकाइन्छ। तर, पोखरा पिज्जा हाउसलाई यसमा पनि नेपाली पन दिएको छ। ग्यास र इलेक्ट्रिक चुलोमा पकाएकोभन्दा भिन्न स्वादमा पिज्जा उपलब्ध हुन थालेपछि यसका पारखी बढेका छन्। पोखरा पिज्जाले दाउरा बलेर पिज्जा पकाउने गरेको छ।

विशेष प्रकारको भट्टीमा तयार पारिएको स्मोकी बास्ना आउने पिज्जाको स्वाद लिनेहरू यसको स्वाद भुल्न सक्दैनन्। एक पटक यसको स्वाद चाख्नेहरू पटकपटक आउने गरेको र माउथ पब्लिसिटी पनि उत्तिकै हुने गरेको अर्बान हस्पिटालिटीकी सञ्चालक रोबिका बताएँछिन्। लोकल खुर्सानी, लसुन र ओलिभ आयल ब्लेन्ड गरेको सससँग पिज्जा सर्भिस गर्ने गरिएको छ। 

पोखरा पिज्जामा विभिन्न प्रकारका टपिङ हाल्ने गरिएको छ। मर्चा, चिनी, नुन र मैदाबाट तयार हुने पिज्जामाथि चिकेन, सलामी, हेम, ससेज, टुना, मसरुम, मिक्सभेज, एगप्लान्ट, प्याजलगायतका १६ वटा परिकार टपिङ हालिन्छ। 

पिज्जा ग्लोबल फुडका रूपमा विस्तारित परिकार हो। यसलाई नेपाली फ्लेवर दिएर नेपालसँगै विश्वका अन्य देशमा फैलाउन लागिपरेका दिदीबहिनीको मेहनेतलाई ग्राहकहरूले प्रशंसा गर्छन्। ‘हामीलाई सानैदेखि देख्नु भएका कस्टुमरहरू अहिले हामीले सर्भिस गरिरहेको देखेर छक्क पर्नुहुन्छ’ रोबिका भन्छिन्, ‘सबैले ओहो कस्तो मेहनेत गरेको ! कति मीठो पिज्जा खुवाएको भनेर हामीलाई हौसला दिनुहुन्छ।’

आउटलेट विस्तार गर्दै पोखरा पिज्जा 
पोखरा पिज्जा हाउसको आउटलेट विस्तार गर्नुपर्‍यो भन्ने माग यसका पारखीहरूबाटै आउने गरेको रोबिका बताउँछिन्। ‘हाम्रा नियमित ग्राहकहरू जो टाढाटाढाबाट पनि पिज्जा खान आउनुहुन्छ उहाँहरूले हाम्रोतिर पनि आउटलेट खोल्नु पर्‍यो भन्नुहुन्छ, रोबिका भन्छिन्, ‘काठमाडौं, चितवन र हेटौंडामा नयाँ आउटलेट खोल्ने अन्तिम तयारी भइरहेको छ।

‘फ्रेन्चाइज चाहियो भनेर आउने पनि थुप्रैछन्, उनले भनिन्, ‘धरान, विराटनगर, झापाको बिर्तामोड आदि स्थानबाट फ्रेन्चाइजका लागि अफर आएको छ।’ पोखरा पिज्जा ब्रान्ड र स्वादमा एकरूपता हुने गरी फ्रेन्चाइज दिने गरी वर्कआउट भइरहेको पनि रोबिकाले बताइन्। 

अर्बान हस्पिटालिटीमा अब्बल बन्ने योजना 
पिज्जाबाट सुरु भएको फेमली बिजनेसलाई रोज्मा र रोबिकाले अर्बान हस्पिटालिटीअन्तर्गत अगाडि बढाइरहेका छन्। यो कम्पनीले होटल, रिसोर्ट, ट्राभलमा लगानी गर्ने योजना बनाएको छ। सुरुमा मोटेलबाट हस्पिटालिटी क्षेत्रमा अघि बढ्ने योजना रहेको रोबिका बताउँछिन्। होमस्टेभन्दा स्तरीय तर होटलको क्याटागोरीभन्दा थोरै कम गरेर मोटेल सञ्चालन गर्ने योजना रहेको उनले सुनाइन्।

यसैगरी आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर आरामदायी बस सेवा सञ्चालन गर्ने योजना रहेको पनि उनले सुनाइन्। ‘पोखरा पिज्जा हाउस अर्बान हस्पिटालिटीअन्तर्गत सञ्चालन भइरहेको छ। अब जति पनि नयाँ बिजनेस सुरु गर्छौं सबै अर्बान हस्पिटालिटीअन्तर्गत नै गर्छौं’, रोबिकाले भनिन्। 

व्यवसायमा लाग्नेहरूलाई उत्प्रेरणाको खाँचो 
नयाँ पुस्ताका शतप्रतिशत नै कामको खोजीमा विदेश नै जान्छन् भनेर सोच्न नहुने रोज्मा र रोबिका बताउँछन्। ‘हामीले बुबा÷ममीले गरिरहेको व्यवसायबाट सिक्दै नयाँ क्षेत्रमा फड्को मार्ने अवसर पायौं’, ‘तर नयाँ स्टार्टअप सुरु गर्न खोज्नेहरूलाई सरकार तथा राज्यबाट यथोचित उत्प्रेरणा मिल्नुपर्छ, उनीहरूले भने। नयाँ केही गर्न खोज्दा आइपर्ने कठिनाइसँग तर्सिन नहुने उनीहरूको सुझाव छ। 

केही भएन र भइरहेको छैन भन्नेहरूलाई केही गरिरहेकाहरूले उत्प्रेरणा दिनुपर्ने उनीहरूले बताए। परिवारका सबै सदस्यले एउटै खालको व्यवसाय गर्दा त्यसमा पनि आ–आफ्नो रुचिको क्षेत्रअनुसार काम बाँडफाँड गर्दा प्रोडक्टिभिटी बढ्ने उनीहरूको अनुभव छ। ‘बुबा÷ममीबाट हामीमा आइपुगेको व्यवसायलाई हामीभन्दा पछिका जेनेरेसनमा पनि सिफ्ट गर्ने गरी काम गरिरहेका छौं, उनीहरू भन्छन्, ‘दीर्घकालीन सोच लिएर अघि बढेका कारण नै हामी हाम्रो कामप्रति उत्साहित पनि छौं।’ 
    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.