पश्चिमी वायुको प्रभाव : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
![पश्चिमी वायुको प्रभाव : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान](https://annapurnapost.prixacdn.net/media/albums/Weather_20200725111619_DzLZUxvjFt_nfjJLbZAFe.jpg)
काठमाडौं : नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
बिहीबार पनि कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। शुक्रबारबाट भने कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)