पावरप्लेमा तनवीरको घातक बलिङमा काठमाडौंको ब्याटिङ धरापमा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा काठमाडौंले पावरप्लेमा ४ विकेट गुमाउँदै ३९ रन बनायो। पावरप्लेमा पाकिस्तानी बलर सोहिल तनवीरको उत्कृष्ट बलिङमा काठमाडौंको ब्याटिङ धरापमा पारेको हो।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले दोस्रो ओभरमा नै ओपनर ब्याटर स्टेफन स्किनाजीलाई २ रनमा गुमाएको काठमाडौंको ब्याटिङ धरापमा परेको थियो।
पावरप्लेको चौथो ओभरको चौथो बलमा माइकल लेभिटलाई १६ बलमा ४ चौका र १ छक्कासहित २५ रनमा सोहिल तान्भिरलाई दिपक बोहोराको हातबाट क्याच आउट गराए।
अर्को ओभरमा चितवनका कप्तान कुशल मल्लले ग्रेहार्ड इरास्मसलार्ए ४ रनमा नै बोल्ड बनाए। काठमाडौंका पाँचौं ब्याटरका रुपमा क्रिजमा आएका भिम सार्की छैटौं ओभरको दोस्रो बलमा नै सोहिल तान्भिरले एलबीडब्ल्यु आउट गरे।
चितवनका लागि पाकिस्तानी बलर सोहिल तान्भिर पावरप्लेमा काठमाडौंका लागि घातक बने। सोहिलले पावरप्लेमा काठमाडौंको ३ विकेट लिए।