१४ रनमा आउट भए शिखर धवन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुरलाई दोस्रो सफलता मिलेको छ। कर्णालीका शिखर धवन १४ रन आउट भएका छन्। हर्ष ठकरेले धवनलाई बोल्ड गरेका हुन्।
धवनले १४ बलमा ३ चौका प्रहार गरे। यसअघि कर्णालीका देव खनाल १ रन बनाएर पेभेलियन फर्किएका थिए।