लुम्बिनीले पावरप्लेमा ५० रन कटायो
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)मा बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले पावरप्लेमा १ विकेट गुमाउँदै ५६ रन बनायो ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा विराटनगर किङ्ग्सविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले पहिलो विकेट अशुतोष घिरौयाको गुमाएको हो। उनी १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १५ रनमा निकोलस क्रिटोनको हातबाट रन आउट भए ।
हाल क्रिजमा अर्जुन साउद र कप्तान रोहित पौडेल समान १२/१२ रनमा खेलिरहेका छन् ।
विराटनगरको यो तेस्रो खेल हो । पहिलो खेलमा जनकपुर बोल्ट्सँग ८ विकेट र दोस्रो खेलमा सुदुरपश्चिम रोयल्ससँग ८७ रनले पराजित भएको थियो ।
बुधबारको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको छ ।