प्रधानमन्त्री ओली आज नेपाल फर्कंदै

प्रधानमन्त्री ओली आज नेपाल फर्कंदै
सुन्नुहोस्

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण सकेर आज नेपाल फर्कँदै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा गएका  प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमण पूरा गरी आज फर्कने जनाइएको छ।

उनी मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका थिए।    

प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय भेटवार्ता गरेका थिए। प्रधानमन्त्री ओलीले मंगलबारै चीनका राष्ट्रपति सी चिनफिङसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए। उनले चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गरे।

प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गरेका थिए। उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गरेका थिए।  बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा पनि उनी सहभागी भएका थिए।  

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरूसँग भेटघाट गरेका छन्। 


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.