पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्रीले भने - चीनको दरिलो साथ पाएका छौं,बीआरआईबाट लाभ लिन्छौं

पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्रीले भने - चीनको दरिलो साथ पाएका छौं,बीआरआईबाट लाभ लिन्छौं
तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) बाट नेपालले लाभ लिने बताएका छन्। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको बताए।

प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरू भएको बीआरआई  परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त  गरे।

प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए।

प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताए । प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा. गोङ छिहुङले स्वागत गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि सहभागिता थियो ।

प्रधानमन्त्री ओलीले आजै उद्यमी– व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले मंगलबार आफ्ना समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए। सोही क्रममा नेपाल र चीनबीच ९ वटा सहमतिपत्रमा हस्ताक्षर भएको थियो। प्रधानमन्त्री लीसँगको भेटपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गरेका थिए। 

सोही दिन उनले चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेट गरेका थिए। चिनियाँ समकक्षी लीको निमन्त्रणमा प्रधानमन्त्री ओली सोमबार बेइजिङ गएका हुन्। चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम  छ।


 

यो पनि पढ्नुहोस

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.