बेनीमा म्याग्दी महोत्सव

बेनीमा म्याग्दी महोत्सव
सुन्नुहोस्

बेनी : आठौं म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला आगामी माघ महिनामा बेनीमा सञ्चालन हुने भएको छ। 

पुष २८ देखि माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्र पारिएको मूल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। 

दश करोड रुपैयाँ बराबरको व्यापारिक कारोबार हुने महोत्सव सञ्चालनका लागि एक करोड २९ लाख रुपैयाँ खर्चको अनुमान गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए। 

‘सामानको खरिद बिक्री र मनोरञ्जनका लागि मात्र नभएर महोत्सव म्याग्दीको समग्र सम्भावनाको उजागर भई लगानी भित्र्याउन तथा आर्थिक गतिविधिलाई चलाय मात्र बनाउँछ,’ उनले भने ‘म्याग्दीको पर्यटन, कृषि, जलविद्युत, खनिज, वन पैदावारजन्य उद्योग व्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रवर्द्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको छ।’

स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी, पुरुष–महिला भलिबल, बास्केटबल, लोक दोहोरी गीत, कलाकारहरूको प्रस्तुति महोत्सवको प्रमुख आकर्षण रहने छन्। पुर्ख्यौली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल एकल लोकनृत्य, जातजाति, जनजाति झाँकी प्रदर्शनी पनि रहेका छन्।  

महोत्सवको अवसरमा आयोजना गरिने अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई एक लाख ५१ हजार रुपैयाँ र उपविजेतालाई ७५ हजार एक सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। लोक दोहोरी गीत प्रतियोगितामा विजेतालाई एक लाख एक सय रुपैयाँ र उपविजेतालाई ६१ हजार एक सय रुपैयाँ पुरस्कार रहेको छ। 

महोत्सव सञ्चालनबाट भएको आम्दानीबाट म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हित कोषमा दश लाख रुपैयाँ, विपद् राहत कोषमा पाँच लाख रुपैयाँ जम्मा गर्ने र टिकट बिक्रीबाट हुने केही प्रतिशत रकम म्याग्दीका सामाजिक संघ संस्थालाई सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताए।  

यसअघि २०५८ देखि २०७८ सालसम्म सात पटक म्याग्दी महोत्सव भएको थियो। म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारमा परापूर्व कालदेखि नै माघे संक्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको थियो। परम्परागत माघे संक्रान्ति मेलाको निरन्तरता स्वरूप पछिल्लो समय महोत्सव सञ्चालन गरिएको संघले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.