एनपीएल

काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य

काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य
तस्बिर : एनपीएल

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ काठमाडौं गुर्खाज १९.२ ओभरमा १०३ रन बनाउँदै अलआउट भएको हो ।

nullगुर्खाजका लागि तेस्रो क्रममा आएका भिम सार्कीले सर्वाधिक ३१ रन बनाए । उनले ३९ बलमा १ चौका प्रहार गर्दै अर्जुन साउदबाट स्टम्पिङ आउट भए। 

पहिलो विकेटका रुपमा पहिलो ओभरको तेस्रो बलमा माइकल लेभिट डक आउट भए। उनलाई रेमोन सिमोन्डले बोल्ड गरे। 
दोस्रो विकेट अभिषेश गौतमले स्टेफन इस्किनाजीलाई बोल्ड आउट गरे। उनले १६ बलमा २ चौका प्रहार गर्दै १३ रन बनाए। 
तेस्रो विकेट गेरहार्ड इरास्मसको गयो। उनलाई साद बिन जफरले सन्दीप जोराको हातमा क्याच गराए। इरास्मस खाता मात्रै खोलेर पेभेलियन फर्किए। 
चौथो विकेट सुमित महर्जनको गयो। उनलाई साद बिन जफरले ५.५ ओभरमा ४ रनमा एलबीडब्ल्यु आउट गरे। 

गुर्खाजले पावरप्लेमा ४ विकेट गुमाउँदै २३ रन बनाएको थियो। पाँचौं विकेटका लागि डान डाउथवेटले भिमसँग ४२ रनको साझेदारी गर्दै काठमाडौंको क्रिज सम्हालेका थिए। 
उनलाई १२.६ ओभरमा विवेक यादवले कप्तान रोहितको हातमा क्याच गराए। उनले २४ बलमा २ छक्कासहित २१ रन जोडे। 
१३.४ मा काठमाडौंले पुन अर्को विकेट गुमायो। रासिद खान खाता नै नखोली रन आउट भए। 

काठमाडौं गुर्खाजले १५ ओभरमा ६ विकेट गुमाउँदै ७३ रन बनाएको हो। सातौं विकेट कप्तान करण केसीको गयो। उनलाई १५.२ ओभरमा सुर्य तामाङले खाता खोल्नेबित्तिकै टियू कर्नरको बाउन्ड्रीमा क्याच गराए। आठौं विकेट भिम सार्कीको गयो। 

नवौं विकेट साहब आलमको गयो। अन्तिम विकेटका रुपमा प्रतिक श्रेष्ठ २० रन बनाउँदै बोल्ड आउट भए। लुम्बिनीका लागि साद बिन जफरले ३ विकेट लिए।  रेमोन्ड सिमोन र अभिषेश गौतमले समान २÷२ विकेट लिए। सुर्य तामाङ र विवेक यादवले १/१ विकेट लिए।       

काठमाडौं गुर्खाजको यो चौथो खेल हो। अगाडीको ३ खेलमा पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको काठमाडौंले दोस्रो खेलमा भने कर्णालीलाई ३ विकेटले हराएको हो। तेस्रो खेलमा पुन सुदुरपश्चिम रोयल्ससँग ७३ रनको हार बेहोरेको हो। 

लुम्बिनीको भने यो छैटौं खेल हो। पहिलो ४ खेलमा लगातार हार बेहोरेको लुम्बिनीले पाँचौं खेलमा भने चितवन राइनोजलाई ३३ रनले हराएको हो।   
आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले जनकपुर रोयल्सलाई ७२ रनले हराएको थियो। 

११ औं दिन पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबिच हुनेछ। दोस्रो खेलमा जनकपुरबोल्ट्सले काठमाडौं गुर्खाजसँग खेल्नेछ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.