चाइनिज पेस्तोलसहित एकजना पक्राउ

चाइनिज पेस्तोलसहित एकजना पक्राउ
सुन्नुहोस्

धरान : अवैध हतियारसहित सुनसरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोमबार राति सुनसरी जिल्लाको भोक्रा नर्सिङ गाउँपालिका -२ अकाहा बजार बस्ने खुर्सित आलमको घरमा छापामारी चाइनिज पेस्तोलसहित शमशेर आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए। 

गोप्य सूचनाको आधारमा खुर्सित आलमको घरमा छापामारी प्रहरीले उनलाई अवैध हतियारसहित पक्राउ गरेको डिएसपी तिमल्सिनाले बताए। प्रहरीले खुर्सित आलम फरार रहेकाले खोजी जारी राखेको छ। पेस्तोलसहित पक्राउ परेका शमशेर आलमलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको छ। 

आलमको साथबाट एकथान अत्याधुनिक चाइनिज पेस्तोल, पेस्तोलको म्याग्जिन एकथान र २ वटा गोली बरामद गरिएको छ। उनीविरुद्ध  मुलुकी अपराधसंहिता २०७४ को हात हतियार खजाना सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको डिएसपी तिम्सिनाले बताए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.