पुस २५ देखि चितवन महोत्सव

पुस २५ देखि चितवन महोत्सव
सुन्नुहोस्

काठमाडौं : आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि १५ औं चितवन महोत्सव यही पुस २५ गतेदेखि सुरु हुने भएको छ। 

चितवन उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको उक्त महोत्सव प्रत्येक २–२ वर्षमा हुँदै आएको छ। यस पटकको महोत्सवमा पर्यटन प्रवर्द्धन गर्ने हेतुले पर्यटनलाई केन्द्रविन्दुमा राखेर आयोजना गरिएको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका संयोजक सुमन श्रेष्ठले बिहीबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा बताए। 

महोत्सवले पर्यटनका साथै आर्थिक गतिविधि लागि उत्प्रेरणा दिने क्षेत्रीय असन्तुलन घटाउने सांस्कृतिक प्रवर्द्धन गर्ने उद्देश्य रहेको उनले बताए।

संयोजक श्रेष्ठले चितवनलाई विविधता र समृद्धिको भूमिको रूपमा विकास गर्नेको लागि महोत्सव परिसरभित्र विविधताको प्रतिनिधित्व गर्ने खालको कृतिम पार्क निर्माण गर्न लागेको बताए।

उनले महोत्सवमा चीनको उद्योग वाणिज्यको समन्वयमा चीनका विभिन्न प्रतिष्ठानहरूको उत्पादनको प्रदर्शनी रहने बताए। १५ दिनसम्म चल्ने उक्त महोत्सव ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने करिब ३० करोडको कारोबार हुने अपेक्षा गरिएको संघले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.