वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ११ लाख ठगी गर्ने पक्राउ
काठमाडौं : वैदेशिक रोजगारका लागि लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ३६ वर्षीय समय गौतमलाई पक्राउ गरेको हो।
उनलाई काठमाडौं-१५ बाट पक्राउ गरिएको हो। उनले विभिन्न ३ जना व्यक्तिसँग ११ लाख ठगी गरेको प्रहरीले बताएको छ। आकर्षक तलबको प्रलोभन देखाएर उनले उक्त रकम ठगी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ।