बेलायतमा भारी हिमपातको चेतावनी

बेलायतमा भारी हिमपातको चेतावनी
सुन्नुहोस्

बेलायतको मौसम विभागले शुक्रबार बिहानसम्म देशका धेरै भागमा हिमपात हुने चेतावनी दिएको छ। यसका लागि मौसम विभागले अलर्ट जारी गरेको छ।

मौसम विभागले उत्तरी आयरल्याण्ड र वेल्सका केही क्षेत्रहरूका साथै इङ्गल्याण्डको उत्तर-पश्चिमी र पूर्वी क्षेत्रहरूको लागि उक्त चेतावनी जारी गरेको छ।

यसअघि पनि विभागले उत्तरी स्कटल्याण्डका केही क्षेत्रमा हिमपातको चेतावनी जारी गरेको थियो।

बेलायतमा अत्यधिक चिसोका कारण धेरै क्षेत्रमा भारी हिमपात भएको छ। यसबाहेक, भारी वर्षा र हिउँ पग्लिने कारणले गर्दा दर्जनौं बाढीको चेतावनी पनि जारी गरिएको छ।

मौसम विभागले चेतावनी जारी गरेका क्षेत्रहरूमा यातायात प्रभावित हुने सम्भावना छ। हिमपातका कारण बिहीबार केही समयका लागि म्यानचेस्टर विमानस्थल बन्द गरिएको थियो।  

विमानस्थलले एक अपडेट जारी गर्दै केही उडानहरूको आगमन र प्रस्थान ढिलाइ हुन सक्ने बताएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.