कला, विज्ञान र मानवताको संगम : होमियोप्याथी

कला, विज्ञान र मानवताको संगम : होमियोप्याथी
सुन्नुहोस्

होमियोप्याथी एक कला, विज्ञान र मानवताको रूपमा अभिभाज्य रूपले एकअर्कासँग गाँसिएको छ। होमियोप्याथी केवल एक चिकित्सा पद्धति मात्र होइन, बरु कला, विज्ञान र मानवताको यो एउटा अद्भूत संगम नै होभन्दा अत्युक्ति नहोला। यो चिकित्सा प्रणालीले होमियो चिकित्सक अर्थात् होमियोप्याथ्सलाई सिकाउँछ कि रोगी केवल शरीर मात्र होइन, यो एक आत्मा र मन पनि हो। जसको भावनात्मक र मानसिक पक्ष पनि उत्तिकै महत्वपूर्ण छ, जति शारीरिक पक्ष। होमियोप्याथिक चिकित्साको प्रत्येक पक्ष यी तिनै स्तम्भमा आधारित छ।

यो उपचार कला पनि हो : होमियोप्याथिक एक कलाको रूपमा विज्ञानमा आधारित छ। एक विज्ञानको रूपमा कलामा यसको अभिव्यक्ति देखिन्छ। कलालाई अवलोकनको रूपमा देख्न सकिन्छ। कलाको माध्यमले अवलोकनलाई व्यक्त गर्ने तरिका फरक हुनसक्छ। चिकित्सामा कलाको अर्थ हो, संवेदनशीलता, सहानुभूति तथा रोगीलाई गहिराईले बुझ्नु हो। होमियोप्याथीमा प्रत्येक रोगीलाई एक अद्वितीय व्यक्तिका रूपमा हेरिन्छ। 

यसका साथै उसको भावनात्मक अवस्थालाई पनि बुझ्ने प्रयास गरिन्छ। होमियोप्याथिक चिकित्सक एक कलाकारको जस्तो काम गर्दछ। उसले रोगीको कथा र व्यथालाई बडो गम्भीरताका साथ सुन्छ, जस्तो एउटा चित्रकारले आफ्नो कल्पनालाई रंग भर्ने कार्य गर्छ। बिरामीका लागि उसले उपयुक्त एकल औषधिको चयन (सेलेक्सन) गर्छ। जस्तै, एउटा संगीतकारले आफूले कम्पोज गरेको धुन र लयलाई सिगार्ने गर्छ। 

उसले बिरामीको भाइटल फोर्स (जीवन शक्ति)लाई पुन: सक्रिय गराउने प्रयास गर्दछ। जस्तै, एउटा शिल्पीकारले छिनो र हथौडाको भरमा ढुंगामा लुकेको जीवनलाई एक मूर्तरूप दिन्छ। त्यस्तै एउटा साहित्यकारले आफ्नो अवलोकनलाई शब्दहरूका माध्यम व्यक्त गर्दछ।

यो उपचार एउटा विज्ञान हो : होमियोप्याथीको जरा (रुट) बडो गहिरो वैज्ञानिक सिद्धान्तमा निहित छ। यो चिकित्सा प्रणाली प्रकृतिको अटल सिद्धान्त समानताको नियममा आधारित छ। जसको अर्थ हो, ‘समानताले समानताको उपचार।’ होमियोप्याथीको प्रत्येक सिद्धान्त जस्तो कि न्यूनतम मात्रा (मिनिमम डोज), एकल औषधि (सिंगल रेमेडी) र मियाज्यम्स्को सिद्धान्त विज्ञानमा आधारित छ। औषधिको निर्माण अत्यन्त वैज्ञानिक प्रक्रियाद्वारा गरिन्छ। जसलाई पोटेन्टाइजेसनद्वारा औषधिको शक्ति बढाइन्छ। यसको औषधि केवल भौतिक शरीरमा मात्र कार्य गर्दैन बरु मन र आत्मासम्म पहुँच राख्न सक्षम छ।

यो उपचार मानवतामा पनि आधारित छ : होमियोप्याथीको सबैभन्दा राम्रो कुरो यो हो कि यो एक गहिरो मानवीय दृष्टिबाट प्रेरित छ। यसले बिरामीलाई केवल रोगबाट ग्रस्त भएको रोगी हो भनेर भन्दैन बरु उसलाई एउटा जीवन्त र अनुभवशील व्यक्तिको रूपमा हेर्दछ। यसमा वैयक्तिक उपचार हुन्छ। 

यो चिकित्सा प्रणाली दुष्प्रभाव (साइड इफेक्ट)बाट मुक्त छ। यो यसको मानवीय अप्रोचलाई दर्शाउँछ। होमियोप्याथी चिकित्साको उद्देश्य रोगलाई दबाउनु होइन, सट्टामा रोगको मूल कारणलाई नै जरैबाट निको पार्नु हो। यसले शरीर, मन र आत्मा समेतलाई सन्तुलित राख्ने प्रयास गर्दछ। जसले गर्दा रोगीको सम्पूर्ण रूपमा पुन: स्वस्थ्य बहाल हुन सकोस्।

होमियोप्याथी यी तीनवटैको संगम : होमियोप्याथीमा कला, विज्ञान र मानवता यस प्रकार एकआपसमा मिलेको छ। कला– रोगीको व्यक्तित्वलाई राम्ररी बुझ्नु, उसको भावना र अनुभवहरूको सम्मान गर्नुमा आधारित छ। विज्ञान– सटिक चिकित्सा र वैज्ञानिक दृष्टिकोणका कारण यो विज्ञान हो। मानवता– होमियोप्याथिक चिकित्साको उद्देश्य व्यक्तिलाई मानसिक, शारीरिक र आत्मिक रूपमा पूर्ण स्वस्थ्य बनाउनु हो।

यो त्रिवेणी संगमले हामीलाई सिकाउँछ कि चिकित्सा केवल शारीरिक उपचारसम्म मात्र सीमित हुन सक्दैन। यो एक समग्र दृष्टिकोण हो। यसले मानवतालाई उसको पूर्णक्षमतामा पोषित गर्दछ।

होमियोप्याथीको प्रेरणादायक सन्देश

प्रत्येक रोगी युनिक (अद्वितीय) हुन्छ र उसको चिकित्सा पनि उस्तै हुनुपर्छ।
बिरामीको जिवनी शक्तिलाई पुन: जिवीत गरे र सम्पूर्ण स्वास्थ पाउन सकिन्छ।
कला, विज्ञान र मानवताको यो संगम हामीलाई रोगरहित मानव जीवनलाई पूर्णतातिर लैजान्छ।

निष्कर्ष : होमियोप्याथी कला, विज्ञान र मानवताको बीच एक यस्तो सेतु हो, जसले हामीलाई यो बुझ्न र सम्झनका लागि मद्दत गर्दछ। त्यसैले यो चिकित्सा केवल एक प्राविधिक कार्य होइन, हो त केवल एक मानवीय सेवा हो।

यो सेवाले हामीलाई सिकाउँछ कि प्राकृतिक र मानवताको सम्मान गर्दै हामी रोगीको स्वास्थलाई पुन: बहाल गर्न सक्छौं। यसप्रकार यस संगममा लुकेको प्रत्येक पहलले हामीलाई प्रेरित गर्दछ कि होमियोप्याथी चिकित्सा पद्धति केवल चिकित्सा मात्र होइन। यसलाई मानवीय जीवनको दर्शन पनि हो भन्न सकिन्छ। यसले हामीलाई सिकाउँछ कि कला, विज्ञान र मानवताको सही सन्तुलन नै यो चिकित्साको मूलभूत आधार हो।

मिश्र होमियोप्याथिक कन्सलटेन्ट हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.