भूमि समस्या समाधान आयोग स्याङ्जाको अध्यक्षमा शर्मा

स्याङ्जा : भूमि समस्या समाधान आयोग स्याङ्जाको अध्यक्षमा तारा शर्मा नियुक्त भएकी छन्। शर्मासँगै भूमि सम्बन्धी समस्या समाधानका लागि स्याङ्जाले महिला नेतृत्व पाएको हो। पुतलीबजार नगरपालिका- १४ निवासी शर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जिल्ला अध्यक्षको नियुक्ति गरेका हुन्। शर्माले अध्यक्षको शपथ खाइसकेकी छन्। नेकपा एमाले स्याङ्जाको राजनीतिमा लामो समयदेखि अनवरतरुपमा सक्रिय छन शर्मा।
एकविज्ञ सदस्यसहित चार सदस्यीय राजनीतिक नियुक्त हुने आयोगमा प्रशासन,मालपोत,नापी,डिभिजन बन कार्यालयसहितको समिति जिल्लामा बन्ने र सदस्य सचिवका रुपमा नापी कार्यालय प्रमुखलाई जिम्मेवारी दिइएको नवनियुक्त अध्यक्ष शर्माले जानकारी दिइन्।
आयोगले जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि काम गर्नुपर्नेछ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तीन वर्षभित्र भूमि समस्या स्थायीरूपमा समाधान गर्नेगरि काम गर्न निर्देशन दिएका छन्।
प्रतिक्रिया दिनुहोस !
