नारायणी अस्पतालमा मुटुको अप्रेशनका लागि क्याथ ल्याब सञ्चालनको तयारी अन्तिम चरणमा

नारायणी अस्पतालमा मुटुको अप्रेशनका लागि क्याथ ल्याब सञ्चालनको तयारी अन्तिम चरणमा
क्याथ ल्याब सञ्चालनका लागि वीरगन्ज हेल्थ केयर हपस्टिलमा अवलोकन भ्रमण गर्दै नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरू। तस्बिर : क्रान्ति शाह
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा क्याथ ल्याब (मुटु रोगको विशिष्टकृत सेवा) सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको छ। 
 
मुटुको भल्ब (नशा) खोल्ने, जाली (स्टेन), हाल्ने, पेसमेकर (बैट्री) राख्ने, बाइपास सर्जरी (मुटु खोलेर गरिने शल्यक्रिया) लगायतका सेवा सुरु गर्नका लागि क्याथ ल्याब सञ्चालनमा ल्याउन अस्पताल व्यवस्थापन र प्रशासनले तयारी तीव्र गतिमा अगाडि बढाएको छ।

 
अस्पतालका सूचना अधिकारी वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहका अनुसार, क्याथ ल्याब सञ्चालनका लागि करिब २२ करोड रुपैयााँको लागतमा तीन तल्ले भवन निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ। त्यस्तै क्याथ ल्याब सञ्चालनका लागि आवश्यक करिब ४ करोड बढी मूल्यका उपकरणहरू अस्पतालले ५ वर्षअघि नै खरिद गरेर ल्याइसकेको थियो। तर, भवन अभावका कारण ती उपकरणहरू त्यसै थन्किएका थिए।

नवनिर्मित भवनमा क्याथ ल्याब सञ्चालनका लागि उपकरणहरूको जडान कार्य यही माघ महिनाको अन्तिम सातादेखि सुरु गरिने जानकारी उनले दिए।

भवन निर्माणको ठेक्का सकारेको निर्माण कम्पनीले छिट्टै भवन निर्माणको काम सकाएर अस्पताल प्रशासनलाई हस्तान्तरण गर्ने र त्यसलगत्तै क्याथ ल्याबमा उपकरणहरू जडानको काम सुरु गरिहाल्ने अस्पतालका प्रशासन प्रमुख सुशील यादवले जानकारी दिए। उपकरण जडानको काम सकाएर आगामी बैशाखदेखि क्याथ ल्याब सेवा सुरु गर्ने लक्ष्यका साथ अगाडि बढिएको यादवले बताए।

क्याथ ल्याब सञ्चालनकै तयारीका क्रममा नारायणी अस्पतालका चिकित्सक र कर्मचारीहरूको एक टोलीले यसअघि उक्त सेवा प्रवाह गरिरहेको वीरगन्ज हेल्थ केयर हस्प्टिलमा सोमबार अवलोकन भ्रमण गरेको छ। अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण कर्ण नेतृत्वको टोलीले सोमबार वीरगन्ज हेल्थ केयर अस्पतालमा अवलोकन भ्रमण गरेको हो।

विगत ६ वर्षदेखि क्याथ ल्याब सेवा प्रवाह गरिरहेको वीरगन्ज हेल्थय केयर हस्पिटलमा सोमबार पुगेर त्यहाँको क्याथ ल्याबको अवलोकन गरिएको डा. कर्णले बताए। क्याथ ल्याब सेवा प्रवाहको मोडालिटी, जनशक्ति व्यवस्थापन, उपलब्ध सेवालगायतका बारेमा वीरगन्ज हेल्थ केयर हस्पिटलका सञ्चालक, चिकित्सक र स्वास्थ्यकर्मीसँग विस्तृतरूपमा जानकारी लिनुका साथै अनुभव आदानप्रदान पनि गरिएको डा. कर्णले बताए।
 
त्यसक्रममा वीरगन्ज हेल्थ केयर हस्पिटलका अध्यक्ष तथा सञ्चालक डा. अबुल हैश अन्सारीले नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक र जनशक्तिको सहयोग गर्न आफ्नो अस्पताल तयार रहेको बताए।

उनले वीरगन्ज हेल्थकेयर हस्पिटल मधेस प्रदेशमै क्याथ ल्याब सेवा सञ्चालन गर्ने पहिलो स्वास्थ्य संस्था भएको बताउँदै नारायणी अस्पतालमा पनि छिट्टै क्याथ ल्याब सेवा सञ्चालनमा आओस् भन्ने आफूहरूको चाहना रहेको बताए। ‘त्यसका लागि जे-जे सहयोग र समन्वय चाहिन्छ त्यो सहयोग गर्न वीरगन्ज हेल्थ केयर हस्पिटल तयार छ,’ अन्सारीले भने। 

अवलोकन भ्रमण टोलीमा नारायणी अस्पतालका प्रशासन प्रमुख सुशील यादव, नर्सिङ प्रमुख श्रुति साहका साथै वीरगन्ज हेल्थ केयर हस्पिटलकी प्रशासन प्रमुख भूमिका अधिकारीको पनि सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.