मोरङबाट डेढ किलो चाँदीका गहना बरामद

मोरङबाट डेढ किलो चाँदीका गहना बरामद
बरामद भएको चाँदीका गहना।
सुन्नुहोस्

विराटनगर : मोरङको धनपालथान गाउँपालिका–२ गोसाई पोखरीनजिक नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले बुधबार चाँदीका गहना र मूर्ति बरामद गरेको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले डेढ किलोभन्दा बढी चाँदीबाट बनाइएको गरगहना र मूर्ति बिहान  ११:१५ बजेतिर बरामद भएको जानकारी दिए। उनका अनुसार भारतबाट अवैध चाँदी नेपालतर्फ आइरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो।  

निगरानी गरेर बसिरहेको प्रहरी टोलीलाई देख्नसाथ सीमा क्षेत्रको दशगजानजिक कपडाको एउटा पोको फालेर एक जना महिला भारततिरै फरार भएको उनको भनाइ छ। चाँदी बरामद गर्न र त्यसको तस्करीमा संलग्नलाई नियन्त्रणमा लिन भनेर प्रहरी चौकी अमाहीवरियातीबाट टोली खटिएको थियो। 

तर, चाँदी ओसारपसारमा संलग्न महिला प्रहरीलाई देख्नसाथ कपडाको पोको फालेर भारततिरै भागेको डीएसपी जोशीले बताए। पोको खोलेर हेर्दा १ किलो ६ सय ग्राम चाँदीका गहना र मूर्ति फेला परेको उनको भनाइ छ। फरार भएकी महिलाको खोजी जारी राखिएको उनले बताए। 

बरामद भएको गहना र मूर्ति २ लाख ६० हजार मूल्य बराबरको रहेको जानकारी जोशीले दिए। गहना र मूर्ति भारतमै बनाएर तस्करी गरी नेपालतर्फ ल्याइएको प्रहरीको भनाइ छ। यस विषयमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.