सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस
फाइल तस्बिर।

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस आज पनि हुने भएको छ। बिहीबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर शुक्रबार बिहान साढे १० बजे हाजिर हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा पठाइएको थियो। बुधबार अदालतमा हाजिर भएका लामिछानेको बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्माजमानी छाडिएको थियो। 

थुनछेक बहस सुरु हुनु अघिनै सरकारी वकिल,जाहेरवालाका अधिवक्ताले अभियुक्तलाई प्रहरी हिरासतमा पठाउनुपर्नेमा परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा लगाउनु अहिलेसम्म नभएको अभ्यास गरिएको भन्दै इजलासमा प्रतिवाद गरेका थिए। सुनुवाइका क्रममा थुनछेक बहस चलिरहँदा लामिछानेलाई हिरासत पठाउनुपर्नेमा बाहिरै रहने गरी श्रीमतीको जिम्मा लगाएपछि सरकार पक्षले प्रश्न उठाएको हो।

 
बहसमा वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता बसन्तराज पोखरेल, गोकर्णराज घिमिरे, सुनिल लामिछाने, पवित्र भण्डारी, सोमकान्त भण्डारी, उप न्यायाधिवक्ता रवि न्यौपाने, प्रकाश मरासिनीले बहस गरेका थिए। 

त्यस्तै जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए। शुक्रबार जाहेरावाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ।

मुद्दामा जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा थुनछेक बहस जारी छ। दुवै तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुर्पक्षाका लागि थुनामा पठाउने , धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने आदेश आउनेछ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछाने,पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध ठगी,केहीविरुद्ध संगठित ठगी र सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता भएको छ। 

यसअघि सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.