महाभारतको जंगलमा लागेको आगो निभाउन सिम्रिकको हेलिकोप्टर परिचालन
काभ्रे : बेथानचोक गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने गुवा भञ्ज्याङ् र आसपासको क्षेत्रको जङ्गलमा लागेको आगो निभाउन सिम्रिक एयरको हेलिकोप्टर परिचालन गरिएको छ। हेलिकोप्टरबाट पानी खन्याएर जंगलको डढेलो नियन्त्रणको प्रयास भइरहेको छ ।
मंगलबार दिउँसोदेखि उक्त वनमा लागेको आगो हालसम्म नियन्त्रणमा आएको छैन ।
सो स्थानको सेतीभिर क्षेत्रको जङ्गलमा लागेको डढेलो नियन्त्रणको लागि गृह मन्त्रालयमार्फत सिम्रिकको हेलिकोप्टरमा पानी बोकेर नियन्त्रणको प्रयास थालिएको बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !