यो गठबन्धन सरकार २०८४ को निर्वाचनपछि मात्र ढल्छ

सांसदलाई ओलीले भने : संसद्‍मा अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले अगाडि बढ्छौं

सांसदलाई ओलीले भने : संसद्‍मा अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले अगाडि बढ्छौं

सदनमा तथ्य र तर्कका आधारमा उपस्थिति जनाउन सांसदहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले अरुले गलत आरोप र भ्रम छरेमा रचनात्मक र सशक्त प्रतिवाद गर्न निर्देशन दिए।

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले अगाडि बढ्ने बताएका छन्। नयाँ बानेश्वर स्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले जनताका कुरा संसदमार्फत राख्ने भएकाले सत्य र तर्कसंगत कुरा बोल्न नहिच्किचाउन निर्देशन दिएका हुन्। 

सदनमा तथ्य र तर्कका आधारमा उपस्थिति जनाउन सांसदहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले अरुले गलत आरोप र भ्रम छरेमा रचनात्मक र सशक्त प्रतिवाद गर्न निर्देशन दिए। उनले राष्ट्रिय एकता, हित, स्वाधीनता र सार्वभौमसत्ताका पक्षमा स्पष्टताका साथ सरकार प्रस्तुत हुने र जनताको सुशासनका पक्षमा नीतिगत स्पष्टता र व्यवहारिक रुपमा दृढताका साथ प्रस्तुत हुनुपर्ने बताए। 

उनले गलत कुराको भण्डाफोर गर्ने र सत्य कुरा संसदमार्फत सबैले राख्न पाउने बताए। प्रधानमन्त्री ओलीले सरकारले ल्याएको अध्यादेशले २९ वटा कानुनलाई छोएको जानकारी गराए। ओलीले ६० दिनभित्रै प्रतिस्थापन विधेयक ल्याएर कानुन बनाउने बताए। अध्यादेशमा केही छुटपुट भए संसदमार्फत सच्याउने प्रतिबद्धता व्यक्त गरे। उनले देशमा रहेका युवालाई विदेश जानबाट रोक्न योजना ल्याउने उल्लेख गरे।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सरकार ढल्न लागेको बताएको तर्फ संकेत गर्दै ओलीले २०८४ सालको निर्वाचनपछि मात्र सरकार परिवर्तन हुने जवाफ दिए। उनले भने,‘यो सरकार राति ढल्छ, भोलि बिहानै ढल्छ, यो साता ढल्छ अर्को महिना सरकार ढल्छ भनेर मिति तोकेका तोकेइ छन्, यो गठबन्धन सरकार २०८४ मंसिरको निर्वाचनपछि मात्र ढल्छ, वर्तमान गठबन्धन कायम रहन्छ। २०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ।’

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक चरित्र रहनुपर्ने धारणा राखे। उनले राष्ट्रियताको सवालमा सिंगो राष्ट्र एक रहेको उल्लेख गरे। उनले संविधानमा असहमत रहेका साथीहरुलाई समेत मूल धारमा ल्याएको स्मरण गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.