कुम्भ मेलामा भागदौड : १४ जनाको मृत्यु, ५० बढी घाइते

कुम्भ मेलामा भागदौड : १४ जनाको मृत्यु, ५० बढी घाइते
सुन्नुहोस्

नयाँ दिल्ली : भारतको प्रयागराजमा भइरहेको कुम्भमेलामा भागदौड मच्चिँदा १४ जनाभन्दा बढीको मृत्यु भएको र ५० जनाभन्दा बढी भक्तजन घाइते भएका भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ। मंगलबार राती करिब १.३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिएको हो। 

१४ वटा शव पोस्टमार्टमको लागि स्वरूप रानी अस्पतालमा ल्याइएको दैनिक भास्करमा उल्लेख छ। यद्यपि प्रशासनले मृत्यु वा घाइतेहरूको संख्याको बारेमा कुनै जानकारी दिएको छैन।

भागदौड पछि प्रशासनको अनुरोधमा सबै १३ अखाडाहरूमा नै आज हुने मौनी अमावस्या(औंसी)को अमृत स्नान रद्द गरेका थिए। यसपछि अखाडाहरूले बैठक गरेर अहिले बिहान १० बजेपछि अमृत स्नान गर्ने निर्णय गरिएको छ। प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले फोनमा मुख्यमन्त्री योगीसँग घटनाको बारेमा सोधपुछ गरेको जनाइएको छ। अहिले अधिकारीहरूले हेलिकप्टरबाट महाकुम्भको निगरानी गरिरहेका छन्।

हल्लाका कारण संगम नाकमा भागदौड मच्चिएर उक्त घटना भएको हो। भागदौडका क्रममा केही मानिस भुइँमा लडे र भिडले कुल्चियो। दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्स संगम किनारमा पुगेको र यसै मार्फत घाइते र मृतकहरूलाई अस्पताल लगिएको जनाइएको छ।

हाल संगम नाक क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरिएको थियो। भीड अझ बढ्न नदिन, भक्तजनहरूलाई प्रयागराज शहरमा पनि प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ। यसका लागि शहरको सीमासँग जोडिएका जिल्लाहरूमा प्रशासनलाई सतर्क राखिएको छ।

आज महाकुम्भमा मौनी अमावस्या स्नान छ। जसका कारण शहरमा करिब ५ करोड भक्तजनहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ। प्रशासनका अनुसार आज राति अबेरसम्म संगमसहित ४४ वटा घाटमा ८ देखि १० करोड भक्तजनले पवित्र स्नान गर्ने अपेक्षा गरिएको छ।

मंगलबार ५.५ करोडभन्दा बढी भक्तजनहरूले संगममा डुबकी लगाएका थिए। सम्पूर्ण शहरमा सुरक्षाका लागि ६० हजारभन्दा बढी सैनिक तैनाथ गरिएको जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.