समाजवादी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गर्ने

समाजवादी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गर्ने
सुन्नुहोस्

काठमाडौं : समाजवादी मोर्चाले चैत २४ गते सरकारविरुद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ। नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा अहिले देखिएका सबै समस्याका विरुद्ध चैत २४ गते जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो।

देशमा स्वाधीनताको मुद्दामा समस्या देखिएको, जनजीविकाको विषय जटिल बन्दै गएको, राज्य सञ्चालकको चरित्र गणतन्र विरोधी देखिएको र बहुदलीय व्यवस्थालाई कमजोर बनाउने देखिएकाले जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए। 

त्यस्तै चैतको पहिलो साता मधेसमा जनप्रदर्शनसहितको सभा गर्ने निर्णय भएको उनले बताए। त्यस्तै मोर्चाको बैठकले जिल्ला जिल्लामा मोर्चाको संगठन संरचनालाई विस्तार गर्ने र यसअघि नै गठन भएका जिल्ला स्तरीय मोर्चालाई थप सक्रिय बनाउने निर्णय भएको विश्वकर्माले जानकारी दिए।

त्यस्तै बैठकले उपेन्द्र यादव मोर्चाबाट बाहिरिएपछि मधेसको जिम्मेवारी नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवलाई दिने निर्णय गरेको उनले बताए। त्यस्तै मोर्चाको विचार र उद्देश्य आम जनतामा पुर्‍याउन समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.