एचएमपीभी भाइरस : नयाँ होइन !

एचएमपीभी भाइरस : नयाँ होइन !

संसारमा रुघाखोकी नलागेको व्यक्ति भेट्टाउन मुस्किलै पर्छ। त्यसमा अझ जाडो मौसममा के बच्चा के वयस्क के वृद्धवृद्धा रुघाखोकीबाट आक्रान्त नहुने विरलै पाइन्छ। चिसो मौसममा भाइरस सजिलै चारैतिर फैलन सक्ने भएकोले रुघाखोकी, नाकबाट सिंगान बग्नु, हाछ्यू हुनु, घा“टी दुख्नुजस्ता समस्या सबैजसोले भोग्ने र सामान्य मान्ने गरेका छन्। तर दुई सातायता चिसोजन्य स्वास्थ्य समस्याहरू रुघाखोकी र भाइरलले जटिलता ल्याई अस्पताल भर्ना र केहीको मृत्यृ हुन थालेको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भइरहेको छ। उपत्यकामै पनि चिकित्सकको परामर्श लिनपर्ने र केहीमा त भेन्टिलेटरमै राखेर उपचार गर्नेहरू पनि छन्।

पछिल्लो समय चीनमा संक्रमणका घटनाका वृद्धि भइरहेको खबरले सबै त्रसित भए। १४ वर्षमुनिका बालबालिका र जोखिम समूहमा गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याइरहेको देखिन्छ। कोभिड— १९ महामारीपछिको अर्काे स्वास्थ्य संकटको सम्भावना देखाउँदै विशेषत भारत र केही नेपालका सञ्चारमाध्यमहरूले समाचारहरू प्रचारप्रसार गरे। यद्यपि  चिनियाँ अधिकारीहरू र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आपत्काल मानेका छैनन्। श्वासप्रश्वाससम्बन्धी रोगहरू उच्च हुने समय जाडो भएकाले वृद्धि भएको मात्र हो भनिएको छ। नेपालले पनि प्रेस विज्ञप्तिमार्फत त्रसित नहुन तर सचेत रहन आग्रह गरेको छ।

विश्व र नेपालमै पहिलेदेखि थियो नयाँ भनिएको भाइरस। सन् २००१ मा नेदरल्यान्डमा पहिलोपटक मानिसमा एचएमपीभी पुष्टि भएको हो भने एभियन सन् १९७८ मै टर्कीमा पत्ता लागेको थियो। विभिन्न अध्ययनले ५ देखि १० वर्ष उमेरका करिब ९० प्रतिशत बालबालिकामा संक्रमण हुने गरेको देखाएका छन्। नेपालमा पनि सन् २०११ देखि १४ सम्म भएको ३ हजार ५ सय २८ नवजात शिशुहरूमा गरिएको खोजमा ५ दशमलव ३ प्रतिशत शिशुमा एचएमपीभी संक्रमण देखिएको थियो। सन् २०२३ मा कान्ति बाल अस्पतालमा भाइरल संक्रमण भई श्वासप्रश्वास समस्या लिएर अस्पताल पुगेका रुघाखोकी लागेका बालबालिकामा एचएमपीभी संक्रमण १३ दशमलव ३ प्रतिशत छ। उक्त अध्ययनमा तीन वर्षभन्दा कम उमेरकामा संक्रमण उच्च दर २१ दशमलव ८ प्रतिशत छ। प्रायः संक्रमितमा रुघा र ज्वरो लक्षण थिए।ढिलो जाडोयाम तथा प्रारम्भिक वसन्तमा बढी सक्रिय भाइरसले खोकी, ज्वरोका अतिरिक्त सिगान बग्ने, घा“टी दुख्ने र सास फेर्न गाह्रो समस्या पनि देखिन्छ। संक्रमित बालबालिकामध्ये ४३ प्रतिशतमा निमोनिया देखिएको थियो। हाल पनि कोशी, नारायणी, कान्ति र सुर्खेत अस्पतालबाट नमुना संकलन भइरहेको छ। अस्पतालमा भर्ना हुने भाइरल संक्रमणका कारण श्वासप्रश्वासका समस्यामा करिब १० प्रतिशत र वयस्कमा ५ प्रतिशत केस एचएमपीभीको संक्रमणले गरेको देखिन्छ। 

कस्तो हुन्छ, लक्षण ?

रुघाखोकी मानिसबाट मानिसमा मौसम परिवर्तन हुने समयमा तथा शरीरको प्रतिरक्षात्मक ह्रास भएको स्थितिमा अत्यन्त छिटो र सजिलोस“ग कुनै पनि उमेर तथा लिंगका धनी र गरिबलाई नछुटाई फैलिन्छ। विषाणुको संक्रमण भएको केही घण्टादेखि १–२ दिनमै लक्षण देखिन्छ। संक्रमण भएपछि नाकबाट पानीजस्तो पातलो सिंगान बग्छ, हाछ्यू लागिरहन्छ, नाक सनसनाउँछ। आँखा रसिलो भई आँसु बगिराख्छ। वाकवाकी लाग्ने, बान्ता हुने, सुक्खा खोकी लाग्छ। छाती दुख्छ, नाकको म्युकोसा सुन्निने भएकोले श्वास फेर्न गाह«ो हुन्छ। थुक, पानी पिउन, निल्न पनि गाह्रो हुन्छ। शरीरमा थकानको अनुभव हुन्छ, टाउको भारी भई दुख्छ। धेरै ज्वरो आउछ, जिउ दुख्छ, कान बन्द हुन्छ।

मेटान्युमोभाइरस माथिल्लो र तल्लो श्वासप्रश्वास प्रणालीलाई संक्रमित गर्ने एक सामान्य प्रकारको आरएनए भाइरस हो। सबैलाई संक्रमण गरे पनि विशेषत बच्चाहरू, वृद्धवृद्धा र कमजोर प्रतिरक्षा प्रणाली भएकामा गम्भीर समस्या निम्त्याउन सक्छ। अमेरिकाको सीडीसीका अनुसार एचएमपीभीका लक्षणहरूमा रुघाखोकी, ज्वरो, घ“ाटी दुख्ने, सास फेर्न कठिनाइ, गम्भीर अवस्थामा घ्यार घ्यार आवाज तथा कहिलेकाहीँ संक्रमण बढ्दै जाँदा ब्रोकाइटिस, निमोनिया वा दमसम्बन्धी समस्या ल्याउन सक्छ। जोखिम वर्गमा समयभन्दा अगाडि जन्मेका शिशु, फोक्सो, मुटु वा स्नायुसमबन्धी रोग भएका र कमजोर प्रतिरक्षा प्रणाली भएका पर्छन्।   

जटिलता हुन्छ ? 

इन्फ्लुएन्जाले साधारणतया रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी सामान्य संक्रमण गराउने भए पनि ट्राकियाटिस, ब्रोङ्काइटिस, ब्रोयोलाइटिस, ब्रोयोनिमोनिया फेरेन्जाइटिस, लेरेन्जाइटिस, निमोनिया, राइनाइटिस, साइनाइटिस, एक्युट ओटाइटिस मिडिया, ब्याक्टेरियल संक्रमण, टकसिक कार्डियोमायोप्याथी, इन्सेफलाइटिस, इन्सेफेलोप्याथी, न्युरोप्याथी, एस्थेनिया र डिप्रेसन पनि हुन सक्छ। जाडो याममा हुने इन्फ्लुएन्जाले हृदयरोग र हृदयघातसमेत हुन सक्ने देखाएको छ। त्यसकारण रुघा एक सामान्य रोग भएता पनि हेलचेक्र्याइँ गर्दा अन्य ठूलो रोगहरूको कारक बन्न सक्दछ। 

कसरी सर्छ ?

प्रत्यक्ष सम्पर्कबाट र हावाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले तथा भाइरस हावामा हुने भएकोले ज्यादा भीडभाड हुने स्थान, सिनेमा हल, बस, विद्यालय, जात्रा आदि धूलो तथा प्रदूषणयुक्त  स्थानमा छिट्टै सर्ने सम्भावना हुन्छ। संक्रमित व्यक्ति खोक्दा, हाच्छयु गर्दा निस्कने थोपा, श्वास फेर्दा, नजिकको सम्पर्क जस्तै हात मिलाउँदा, छुँदा तथा प्रदूषित सतहसँगको सम्पर्कबाट मुख, नाक, आँखालाई छुँदा फैलिन तथा सर्न सक्छ। मानिसले श्वास लिँदा उक्त विषाणु निरोगी मानिसको फोक्सोमा पुग्दछ। विषाणुले अनुकूल वातावरण पाएमा त्यस विषाणुले असर गरी रोग देखाउँछ। पहिलो दुई दिनमा संक्रमण बढी हुन्छ। संक्रमण बढी र गम्भीर प्रकृति रुघाखोकी बालबालिका, बुढापाका, मधुमेही, उच्च रक्तचाप, दम, मुटु, एचआईभी एड्स, Ôयरोग, हेपाटाइटिस, रक्तअल्पता, कुपोÈण तथा संवेदनशील शरीर छिट्टै एलर्जी हुनेमा हुन्छ। 

हुन त रुघाखोकी भाइरल इन्फेक्सन भएको हुँदा यसको रामबाण औषधि छैन। भाइरल इन्फेक्सनको उपचार गर्दा १–२ साता तथा उपचार नगर्दा ७ देखि १४ दिनमा निको हुन्छ। तर नकारात्मक असर कम गर्न थप संक्रमण र जटिलता रोक्न विदेशमा एन्टिभाइरल औषधिको प्रयोग, रोगविरुद्ध खोप वा भ्याक्सिन पनि दिइने चलन छ।

त्यस्तै एचएमपीभीको पनि कुनै विशेष खोप, औषधि उपचार छैन। अधिकांशमा केही हप्तामा अर्थात् १० दिनमा आफं  निको हुन्छ। गम्भीर लक्षणहरू देखिएमा लाक्षणिक तथा रोगअनुसारको उपचार गर्ने गरिन्छ। साबुनपानीले बारम्बार २० सेकेन्डसम्म हात धुने, संक्रमितसँग नजिकको सम्पर्कमा नजाने, बिरामी भए घरमा नै बसी आराम गर्ने, खोक्दा, हाछ्युँ गर्दा मुख, नाक कुइना वा रुमालले छोप्ने, बारम्बार छोइने वस्तुहरूलाई निरन्तर सफा गर्ने गर्दा संक्रमण तथा फैलावट रोक्न सकिन्छ।

 जोखिम समूहको भए वा लक्षण गम्भीर बन्दै गए नजिकको अस्पताल वा चिकित्सकलाई जँचाउन पर्छ। रोग लागेका मानिसहरूबाट टाढै बस्ने, भीडभाडबाट अलग्गै रहने, व्यक्तिगत सरसफाइमा ध्यान दिने नै प्रमुख बचावट हो। यसका अतिरिक्त धूलो, धुवाँ, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउने गर्नुपर्छ। 

(डा.बुढाथोकी, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन्)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.