बढ्दो लैंगिक हिंसा

बढ्दो लैंगिक हिंसा
सुन्नुहोस्

विश्वभर महिलाविरुद्ध हुने हिंसाका ढाँचाहरू फरकफरक छन्। पुरुषहरूविरुद्धको हिंसाभन्दा महिलामाथि हुने हिंसा धेरै फरक छन्। उदाहरणका लागि, आफूले चिनेको व्यक्तिबाट महिलाहरूलाई यौन दुव्र्यवहार वा मारिने सम्भावना पुरुषहरूभन्दा बढी हुन्छ। संयुक्त राष्ट्रसंघले महिलाविरुद्धको हिंसालाई ‘लिंगमा आधारित’ हिंसाको रूपमा परिभाषित गरेको छ। यस्तो हिंसाको जरा लैंगिक असमानता हो। महिला हिंसा मानवअधिकारको गम्भीर उल्लंघनमात्र होइन देशको राष्ट्रिय विकासको लागि बाधक पनि हो। जबकि लिंगमा आधारित हिंसा जीवन चक्रमा धेरै रूपहरूमा हुन्छ।

लैंगिक असमानतालाई बढावा दिने कारकहरू धेरै छन्। ती असमानताहरूले सामूहिक रूपमा लैंगिक खाडललाई फराकिलो बनाउँछन्। कडा आर्थिक र ऋणको सीमासँग जुधिरहेका बेला महिलाहरू हिंसाको मारमा परेका छन्। निरक्षरता र डिजिटल विभाजनबाट सबैभन्दा बढी महिलाहरू प्रभावित छन्। विश्वभरका लगभग ९० प्रतिशत महिलाहरू आफ्नो परिवारको लागि खाना तयार गर्ने काममा संलग्न छन्। महिलाहरू भोकमरी, कुपोषण र पानीको अभावको सबैभन्दा बढी जोखिममा महिलाहरू नै छन् । लैंगिक असमानता र हिंसा पारस्परिक रूपमा अनन्य घटनाहरू होइनन्। तर एकअर्कालाई प्रभाव पार्ने जटिल चक्रहरू हुन्। नेपालमा महिलाहरूले धेरै असमानता र हिंसाको सामना गरिरहेका छन्। यसका कारणहरू विविध छन्, तर यीमध्ये धेरैजसो महिलाहरूको सामाजिक रूपमा निर्धारण गरिएको न्यून हैसियतको परिणाम हो।

गरिबी, अस्थिरता र शिक्षाको अभावले लैंगिक हिंसालाई निरन्तरता दिन भूमिका खेल्न सक्छ। महिलाको सामाजिक र आर्थिक शक्ति कम भएको स्थानमा वा उनीहरूलाई संरक्षण गर्ने कानुन लागू नभएको ठाउँमा समस्या सबैभन्दा गम्भीर हुन सक्छ।न्यून आर्थिक विकास भएका देशहरूमा महिलामाथि हुने हिंसाका घटना र तीव्रता बढी देखिन्छ। लिंगमा आधारित हिंसाले व्यक्ति र समुदाय दुवैका लागि विभिन्न किसिमका नकारात्मक असरहरू निम्त्याउँछ। दीर्घकालीन रोगहरू, कमजोर मानसिक स्वास्थ्य, कम यौन तथा प्रजनन स्वास्थ्य, शारीरिक चोटपटक र मृत्युसमेत हुन्छ। 

महिलालाई घरेलु र अन्य प्रकारका हिंसाबाट मुक्त गराउनु आजको आवश्यकता हो। घरेलु हिंसाले महिलाको आर्थिक तथा सामाजिक विकासमा बाधा पुर्या‍उने पनि प्रमाणित भएको छ। प्रजनन स्वास्थ्यको सन्दर्भमा, घरेलु हिंसा र अन्य प्रजनन र यौन स्वास्थ्य समस्याहरूबीचको सम्बन्ध पनि छ। जसमा यौन सञ्चारित रोगहरू, अनिच्छित गर्भावस्था, गर्भनिरोधक, गर्भपात, मातृरोग र मृत्युदर र प्रतिकूल गर्भावस्था परिणामहरू समावेश छन्। घरेलु हिंसाको असर धेरै हुन्छ। पीडितले चोटपटक, अशक्तता वा मृत्युसमेत भोग्न सक्छ। घरेलु हिंसाको अर्को महŒवपूर्ण प्रभाव भनेको भावनात्मक र मनोवैज्ञानिक आघात हो।

घरेलु हिंसाले भावनात्मक र मनोवैज्ञानिक दुव्र्यवहारसहित धेरै रूपहरू लिन सक्छ, जबकि यसको प्रभाव गम्भीर र दीर्घकालीन हुन सक्छ। मनोवैज्ञानिक आघातका परिणामहरूले दीर्घकालीन मानसिक विकारहरू निम्त्याउन सक्छ। डब्ल्यूएचओका अनुसार हिंसाको दर्दनाक अनुभव हृदय रोग, पेटजन्य रोग, मधुमेह, गठिया र मोटोपनको उच्च जोखिमसँग सम्बन्धित छ। स्वास्थ्य हेरचाह लागत, आवास लागत, र कानुनी लागतजस्ता वित्तीय लागतहरूले महिलाहरूलाई गरिबीमा धकेल्न सक्छ। 

गरिबीले महिलालाई घरेलु हिंसाको सिकार बनाउँछ। बालविवाह, अशिक्षा, गरिबी, पितृसत्तात्मक संरचना हिंसाका प्रमुख कारण हुन्। श्रीमान्बाट घरेलु हिंसा हुने गरेको छ। त्यस्तै थप्पड हान्ने, धकेल्ने, हिर्काउने, लात हान्ने धकेल्नेलगायतका हिंसात्मक कार्य हुने गरेको छ। भावनात्मक र मनोवैज्ञानिक हिंसामा मुख्यतया धम्की दिने, मौखिक असहमति, अपमानजनक भाषाको प्रयोग, धम्की, अपमान पर्छन्।

विश्वव्यापी रूपमा, तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कम्तीमा एक पटक आफ्नो घनिष्ठ पार्टनर वा गैरसाझेदारबाट कुनै न कुनै प्रकारको शारीरिक वा यौन हिंसा भोगेको अध्ययन प्रतिवेदनमा देखिएको छ। महिला र बालिकाहरूविरुद्ध हुने हिंसाको प्रकोप बढ्दै गएको छ। लगभग ५४ प्रतिशत महिलाहरूले आफ्नो समुदायमा हिंसामा वृद्धि भएको बताएका छन्। सबैभन्दा बढी वृद्धि ल्याटिन अमेरिकी देशहरू र उपसहारा अफ्रिकामा भएको रिपोर्ट छ। प्रविधिको प्रयोगले महिलामाथि हुने यौन दुव्र्यवहार पनि बढ्दै गएको छ। विश्वभर १६ दशमलव ५८ प्रतिशत महिलाहरू यसबाट प्रभावित छन्। मानव बेचबिखन, बालविवाह, यौन दुव्र्यवहार र महिला जननांग विच्छेदन विश्वभर व्यापक छ। महिलाहरू काममा, सार्वजनिक यातायातमा यात्रा गर्दा र सार्वजनिक स्थानहरूमा असुरक्षित छन्। यौन उत्पीडनको जोखिममा हुन्छन्। 

महिला सशक्तीकरण घरेलु हिंसा रोक्नको लागि सबैभन्दा सामान्य रूपमा अपनाइने तरिकाहरूमध्ये एक हो। महिला सशक्तीकरणलाई महिला हिंसाको समाधानको रूपमा व्यापक रूपमा स्वीकार गरिएको छ। महिलाहरूलाई महŒवपूर्ण सम्पत्ति र अवसरहरू (जस्तै, शिक्षा, स्वास्थ्य र रोजगारी) मा पहुँच प्राप्त गर्न गरिने मद्दतले हिंसा न्यूनीकरणमा सहयोग पुग्छ। यसका लागि लैंगिक समानता प्रवद्र्धन गर्ने, कार्यक्रमहरू ल्याइनु पर्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.