अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा र महासचिवमा थापामगर विजयी, पदाधिकारीमा को-को ?

प्रचण्डमाथि जनार्दन शर्मा पक्षधर हाबी

अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा र महासचिवमा थापामगर विजयी, पदाधिकारीमा को-को ?

काठमाडौं : अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा र महासचिवमा रोशन थापा मगर विजयी भएका छन्। शनिबार भएको मतदानबाट हेमन्त राईलाई पराजित गर्दै सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन्। सापकोटाले ६८६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी राईले ६१५ मत प्राप्त गरे।

३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र ३ केन्द्रीय निकायका पदाधिकारीका लागि भएको अखिल क्रान्तिकारीको निर्वाचनको अन्तिम मतपरिणाम बुधबार साँझ सार्वजनिक भएको हो। सार्वजनिक मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठकमा फरक मत राखेर चुनौती दिँदै आएका उपमहासचिव जनार्दन शर्माले विद्यार्थीको निर्वाचनबाट धक्का दिएका छन्।

हेडक्वार्टरनिकट भनेर प्रचार गरिएका उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा अधिकांश पदाधिकारी पराजित भएपछि शर्माले पार्टीभित्र थप शक्ति आर्जन गरेका छन्। सापकोटा भने अध्यक्ष प्रचण्ड पक्षधरहरूको प्यानलबाटै निर्वाचित भएका हुन्। सापकोटालाई कृष्णबहादुर महरा पक्षधर योगेन्द्रबहादुर बुढाले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएर समर्थन गरेका थिए।

महासचिवमा उपमहासचिव शर्मा पक्षधरका ​​​​​​थापामगरले ५९८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी सञ्जय महतोले ४१० मत प्राप्त गरे। थापामगर राई प्यानलकै हुन्। 

उपाध्यक्षमा ममता अधिकारी, मदन ढकाल, विराज थापा, अटल आचार्य, दीपा जैशी, सन्दीप पुन, कृष्णबहादुर सुनार, अभिमन्यु यादव र उमेश कंडेल निर्वाचित भएका छन्। यीमध्ये ५ जना शर्मा पक्षका हुन्।  

उपमहासचिवमा विपिन पोखरेल (कोशी), गजेन्द्र यादव (मधेश), निर्मला गौतम (बागमती), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), रामचन्द्र भट्ट (सुदूरपश्चिम), निरोज श्रेष्ठ (उपत्यका विशेष) र जटिल कार्की (विश्वविद्यालय) विजयी भएका छन्। निरोज र विपिनबाहेक सबै शर्मा पक्षका राई प्यानलका हुन्। 

१२ वटा सचिवमध्ये ५ जना शर्मा निकट विजयी भएका छन्। यसैगरी कोषाध्यक्षमा पनि शर्मा प्यानलकै फुलमाया राना विजयी भइन्। उपमहासचिव शर्माले पार्टीमा बारम्बार अध्यक्ष प्रचण्डको कार्यशैली र पार्टी सञ्चालन विधिमाथि प्रश्न उठाउँदै आएका छन्।

अखिल क्रान्तिकारीको विधानअनुसार १ अध्यक्ष, खुला ४ र समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष हुने प्रावधान छ।

निर्वाचित पदाधिकारीको टिम

अध्यक्ष : विजय प्रकाश सापकोटा
उपाध्यक्ष :  अटल आचार्य
उपाध्यक्ष :  मदन ढकाल
उपाध्यक्ष :  विराज थापा
उपाध्यक्ष :  दीपा जैशी
उपाध्यक्ष :  ममता अधिकारी
उपाध्यक्ष :  सन्दीप पुन
उपाध्यक्ष :  कृष्णबहादुर सुनार
उपाध्यक्ष :  अभिमन्यु यादव
उपाध्यक्ष :  उमेश कंडेल
महासचिव :  रोशन थापामगर
उपमहासचिव :  विपिन पोखरेल
उपमहासचिव :  गजेन्द्र यादव
उपमहासचिव :  निर्मला गौतम
उपमहासचिव :  भगवान बास्तोला
उपमहासचिव :  रेशम अधिकारी
उपमहासचिव :  प्रकाश अधिकारी
उपमहासचिव :  रामचन्द्र भट्ट
उपमहासचिव :  निरोज श्रेष्ठ
उपमहासचिव :  जटिल कार्की

सचिव :  प्रेम जैशी
सचिव :  वीरेन्द्र जिसी
सचिव :  शिशिर बस्याल
सचिव :  सम्झना राई 
सचिव :  तिर्सना आलेमगर
सचिव :  सम्कृति पुन
सचिव :  आर्टिस्ट मोक्तान 
सचिव :  आशा उपरकोटी 
सचिव :  अमर मण्डल
सचिव :  जीतेन्द्र भण्डारी
सचिव :  युन्छो हाङ्ग मावो
सचिव : मिरोज अहम्मद
कोषाध्यक्ष :  फूलमाया रानामगर


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.