अध्यादेशविरुद्ध संसदमा अस्वीकारको सूचना प्रस्ताव गर्ने माओवादी केन्द्रको निर्णय

अध्यादेशविरुद्ध संसदमा अस्वीकारको सूचना प्रस्ताव गर्ने माओवादी केन्द्रको निर्णय
फाइल तस्बिर ।

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। बिहीबार बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यादेश अस्वीकार गर्ने सूचना संसदलाई दिने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सबलीकरण गर्ने नगरि नआएको र समग्र प्रक्रिया नै गलत भएकाले खबरदारी गर्ने निर्णय गरिएको पाण्डेले बताए। जनतालाई छिटो डेलिभरी  दिन अध्यादेश ल्याएको भनेपनि समितिमा छलफल गरेर लानुपर्नेमा प्रक्रिया नपुर्‍याएको उल्लेख गरे।

उनले अध्यादेश प्रतिस्थापन विधेयकलाई फास्ट ट्रयाकमा पारित गर्ने तयारी समेत उचित नभएको धारणा राखे। उनले भने,‘संसद् अधिवेशनलाई थप प्रभावकारी र व्यवस्थित कसरी बनाउने, माओवादीको तर्फबाट जनताका आवाज कसरी उठाउने र विपक्षी दललाई साथ लिनुपर्ने जिम्मेवारी छ। यो विषयमा पनि छलफल भयो।’

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले सदन सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरि प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका छन्।  उनले अधिवेशनको पहिलो दिन संसदीय दलका नेता प्रचण्डले दलको तर्फबाट धारणा राख्ने जानकारी गराए। 

उनले सामाजिक सञ्जालको विधेयकको विषयमा अध्ययन गरेर नागरिकको आवाजलाई दबाउन नदिने गरी बहस गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.