आवश्यकताअनुसार ७ बाट ९ वा ५ प्रदेश हुनसक्छ, धेरै रूवाबासी गर्न जरुरी छैन : प्रधानमन्त्री ओली


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीका संरचनात्मक पक्षलाई हेरफेर र सुधार गर्न सकिने बताएका छन्। पत्नी राधिका शाक्यको किताब ‘करुणा’ लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले संविधानमा उल्लेख भएको आधारभूत पक्षबाहेक अन्य संरचनात्मक पक्षलाई हेरफेर र सुधार गर्न सकिने बताए। 

मुलुक र जनताको आवश्यकताका आधारमा सात प्रदेशलाई पाँच वा नौ वटा पनि हुनसक्ने भन्दै त्यसमा कुनै रूवाबासी गर्न उनको आग्रह छ। प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलनमा लाग्दा आफूले माग गरेको लोकतान्त्रिक गणतन्त्रको व्यवस्था आफ्नै जीवनमा ल्याउन सफल भएको बताए। 

उनले अब देशमा ठूलो राजनीतिक तथा सामाजिक परिवर्तनका लागि लड्नुपर्ने अवस्था नरहेको भन्दै केही सुधार भने गर्न सकिने बताए। 'खुसीको कुा मैले आफ्नै जीवनकालमा लोकतान्त्रिक गणतन्त्र देखें। त्यतिबेला मेरो माग संघीयता थिएन। २००७, २००४६ र ६२-६३ को आन्दोलनमा संघीयताको माग थिएन। यस्तो कुरा गर्दा मलाई संघीयता विरोधी पनि भन्छन्,' उनले भने, 'अहिलेको ७ वटा प्रदेश ९ वटा वा ५ वटा पनि हुनसक्छ। कुनै रुवाबासी गर्नु आवश्यक छैन। देश र जनताको आवश्यकताअनुसार प्रदेश बन्ने हो,' उनले भने। 

जेलबाट पैदल निस्किएको कैदी प्रधानमन्त्री बन्ने भन्दै अन्डरमाइन गर्न नहुने उनको भनाइ छ। 'लोकतन्त्रका लागि हामीले गरेको त्यागलाई अन्डरमाइन गर्छन्। त्यो राम्रो होइन,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.