बैठक छाडेर गएका रास्वपा सांसदहरू प्रतिनिधिसभामा फर्किए
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू प्रतिनिधिसभा बैठकमा फर्किएका छन्। संसदको पहिलो बैठकको सुरुमै केहि कुरा राख्ने भन्दै उठेका रास्वपा सांसदहरुलाई सभामुले बोल्ने समय नदिएपछि उनीहरुले १५ मिनेटका लागि बैठक बहिष्कार गरेका थिए ।
सभामुखले धेरै पटक बस्नका लागि आग्रह गर्दा पनि नमानेपछि बस्नका लागि आदेश समेत दिएका थिए । त्यसपछि पनि रास्वपा सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक अघि बढाएका थिए। सभामुखले बैठक अघि बढाएपछि विरोध स्वरुप रास्वपा सांसदले बैठक छाडेर बाहिर निस्केका थिए।
प्रतिक्रिया दिनुहोस !