तातोपानी कुण्डको संरक्षण आवश्यक : प्रचण्ड

तातोपानी कुण्डको संरक्षण आवश्यक : प्रचण्ड

म्याग्दी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताएका छन्। म्याग्दीको वेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म बिहानी पैदल यात्रा गरेका अध्यक्ष प्रचण्डले कुण्ड संरक्षणमा जोड दिएका हुन्। प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला,नसा,ग्याष्ट्रिक,बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ । 

आफूले सरकारको नेतृत्व गर्दैगर्दा तातोपानी कुण्ड संरक्षणका लागि तटबन्धलाई प्राथमिकता दिएको र आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै उनले यो योजना बहुवर्षीय टेण्डरमा गएकाले तटबन्ध निर्माण सुनिश्चितता भएको बताए।

आफू केही वर्षअघि केही मन्त्रीहरूसहित तातोपानी कुण्डको निरीक्षणमा आएको र त्यतिबेला यसको निकै प्रचार पनि भएको उल्लेख गर्दै उनले यहाँको समस्याको बारेमा पनि प्रारम्भिक जानकारी आफूलाई भएको बताए । अहिले दोस्रोपटक आउँदा प्राविधिक संरचनामा केही सुधार आएको र तातोपानीका मुहानहरू अरु पनि भेटिएको जानकारी पाउँदा खुसी लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको संरक्षणमा लाग्नुपर्ने बताएऽ

बेनी–ढोरपाटन सडक निर्माण पनि आफूहरूको प्राथमिकतामा रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको काम अघि बढिसकेको बताए । ‘म्याग्दी जिल्लाको समग्र विकासमा हाम्रो ध्यान गएको छ, खोलाको सतह अझ गहिरिन नपाओस् भनेर स्थानीयवासीले राखेको चेकड्याम निर्माणको प्रस्तावप्रति हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने छौं,'उनले भने । सो क्रममा उनले स्थानीयबासीसँग अन्तर्क्रिया पनि गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.