नेतन्याहु र ट्रम्पबीच भेट : गाजा कब्जा गरेर पुनर्विकास गर्ने ट्रम्पको प्रस्ताव

इजरायली प्रधानमन्त्री नेतान्याहू अमेरिका भ्रमणमा

नेतन्याहु र ट्रम्पबीच भेट : गाजा कब्जा गरेर पुनर्विकास गर्ने ट्रम्पको प्रस्ताव

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार गाजा पट्टीलाई आफ्नो कब्जामा लिने र यसलाई पुनर्विकास गर्ने उल्लेख गरेका छन्। अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गरेपछि संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले उक्त बयान दिएका हुन्। 

गाजामा भएको विनाशको कारणले प्यालेस्टिनीहरूलाई उक्त ठाउँ छोड्नुको विकल्प नभएको बताएका छन्। उनले जोर्डन र इजिप्टले प्यालेस्टिनीहरूलाई आश्रय दिनुपर्ने जनाए।
 

ट्रम्पले गाजामा पुनर्वास गर्नुको सट्टा प्यालेस्टिनीहरूलाई नयाँ ठाउँमा बसोबासको व्यवस्था गर्नु राम्रो हुने बताए। उनले भने, 'यदि सही ठाउँ फेला पार्न सकियो र त्यहाँ राम्रा घरहरू बनाउन सकियो भने, गाजा फर्कनु भन्दा राम्रो हुनेछ।'

बैठकमा दुवैले गाजा युद्धमा युद्धविरामको अर्को चरणबारे छलफल गरेका बीबीसी समाारमा उल्लेख छ।

ट्रम्पले अमेरिकाले गाजालाई नियन्त्रण लिने त्यहाँ रहेका खतरनाक बम र अन्य हतियारहरू हटाउने योजना बनाएको पनि उल्लेख गरे। यसो गर्दा गाजा पट्टीलाई सफा गर्ने र त्यहाँका मानिसहरूका लागि असीमित रोजगारी र आवास सिर्जना गरी आर्थिक विकास पनि हुने जनाए।

ट्रम्पले भने, 'मैले पछिल्ला केही महिनाहरूमा गाजाको अवस्थालाई नजिकबाट बुझेको छु। गाजा कब्जा गर्ने र विकास गर्ने योजनामा विश्वका शीर्ष नेताहरूबाट ठूलो समर्थन प्राप्त भएको छ। यो मध्यपूर्वमा शान्ति ल्याउने प्रभावकारी योजना हो।'

ट्रम्पले चाँडै इजरायल, गाजा, साउदी अरेबिया र मध्य पूर्वका अन्य ठाउँहरूको भ्रमण गर्ने पनि जनाए।  

ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

हमासले ट्रम्पको प्रस्तावलाई तुरुन्तै अस्वीकार गरेको छ। हमासका वरिष्ठ अधिकारी सामी अबु जुहरीले अमेरिकी राष्ट्रपतिको भनाइ गाजामा अराजकता र तनाव बढाउने कारण बन्ने बताए। 

हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हाम्रा जनताले गाजामा यी योजनाहरू कार्यान्वयन हुन दिने छैनन्। महत्त्वपूर्ण कुरा भनेको हाम्रा जनतामाथिको कब्जा र आक्रमण अन्त्य गर्नु हो, उनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्नु होइन।'

इजिप्ट र जोर्डनले पनि ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन्। संयुक्त राष्ट्रसंघमा प्यालेस्टिनी प्रतिनिधिले विश्व नेताहरूले प्यालेस्टिनीहरूको इच्छाको सम्मान गर्नुपर्ने जनाएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.