ठुटो पारिए चौताराका वरपीपल, महानगर भन्छ कसले काट्यो ?

ठुटो पारिए चौताराका वरपीपल, महानगर भन्छ कसले काट्यो ?

पोखरा : कोटिहोमका लागि भन्दै पोखरा वडा नम्बर १४ का वरपीपलका रूख ठुटो पारिए। शुभमार्ग टोलका चौताराका कतिपय रूख ‘नपलाउने’ गरी काटिए। पोखरा–१३ र ६ वडाका चौताराका रूख पनि कतै काँटछाँट गरिए त कतै मुठारेर काटिए। अनि, बैदामस्थित ट्रस्टको स्वामित्वमा रहेको रत्नमन्दिर परिसरमा काठ दाउरा जम्मा गरिए। ऐतिहासिक र सांस्कृतिक महत्वका चौताराका वरपीपल काटिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भयो। त्यसपछि पोखरा महानगरले वरपीपलका रूख काटेर जम्मा गरिएका काठ–दाउरा बुधबार जफत गरेको छ। 

अनुमतिबिना वरपीपलका रूख ठुटो बनाएर काटिएको महानगरको भनाइ छ। मानव सेवा फाउन्डेसनले कोटिहोम लगाउने भन्दै पोखरा– १४ का चौताराका रूख मुठारेर ट्रस्टको स्वामित्वमा रहेको बैदामस्थित फेवाताल किनारमा चाङ बनाएर राखेको थियो। 

सांस्कृतिक महŒवका ऐतिहासिक चौताराका वरपीपलका रूख मुठारेपछि सामाजिक सञ्जालमा पोखरा महानगरपालिकाको चर्को आलोचना भइरहेको छ। अनुमति नलिई काटिएका वरपीपलका रूखका काठ दाउरा परिसर भित्र राखिएको भन्दै नेपाल ट्रस्टको पनि आलोचना गरेका छन्। महानगरपालिकाले भने कोटिहोम आयोजकले अनुमति नलिई रूख काटेको बताउँदै आएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफूहरूसँग कोटिहोम आयोजकले अनुमति नलिएकोले कारबाही गर्ने बताउँदै आएका छन्। 

जलवायु परिवर्तन र तापक्रम वृद्धिले माछापुच्छे« हिमाल कालो हुँदै गएको बेला उक्त विषयमा छलफल गर्ने बेला सार्वजनिक चौतारा र अन्य स्थानमा दिनदहाडै सयौं वर्ष पुराना वरपीपल र शमीका रूखहरू निर्मम रूपमा काटिएको घटनाप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। मेयर आचार्यले महानगरपालिका र स्थानीय प्रशासनले कुनै कोटिहोम आयोजना गर्न कसैलाई अनुमति प्रदान नगरेको पनि बताएका छन्। 

मानव सेवा फाउन्डेसन, नेपालले वैशाख १७ देखि जेठ २६ सम्म पोखरामा कोटिहोम विराट महायज्ञ गर्ने तयारी गरेको छ। हवन गर्न आवश्यक दाउराका लागि भन्दै वरपीपल, शमीलगायतका रूख काटिएका थिए। यस्ता रूख काट्न महानगरपालिका र वडा कार्यालय पोखरा १४ ले अनुमति नदिएको बताउँदै आएका छन्। मक्किएका र सुकेका रूखका हाँगा काट्न महानगरपालिकाले बेलाबेलामा अनुमति दिने गरे पनि ऐतिहासिक एवं सय वर्षभन्दा पुराना वरपीपलका रूख काट्न अनुमति नदिएको पनि महानगरपालिकाले जनाएको छ। 

यसअघि पशुपतिमा महायज्ञ गरेको फाउन्डेसनले पोखराको बैदामस्थित फेवाताल किनारमा कोटिहोम गर्न लागेको हो। कोटिहोमका लागि पोखराका विभिन्न वडाबाट आवश्यक काठ दाउरा स्थानीय टोल विकास संस्थासँग समन्वय गरेर रूख काटिएको फाउन्डेसनले जनाएको छ। चौतारा संरक्षण ऐनको दफा ७ मा वरपीपल, शमी र चौतारा काट्नु, मास्नु वा हटाउनुपूर्व अध्ययन तथा सिफारिस समितिको सिफारिस लिनुपर्ने प्रावधान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.