गाजा कब्जा गर्ने ट्रम्पको विचारको विरोध गर्दै साउदी अरब : प्यालेस्टाइनलाई साथ दिने प्रतिबद्धता

गाजामा कब्जा गलत भएको संयुक्त राष्ट्रसंघको भनाइ

गाजा कब्जा गर्ने ट्रम्पको विचारको विरोध गर्दै साउदी अरब : प्यालेस्टाइनलाई साथ दिने प्रतिबद्धता
फाइल तस्बिर।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्रकार सम्मेलनमा गाजा पट्टीलाई अमेरिकी नियन्त्रणमा लिने बताएका थिए। ट्रम्पले अमेरिकाले गाजा पट्टी कब्जा गर्ने र त्यहाँ पुनर्निर्माण उल्लेख गरेका थिए। 

यसलाई पश्चिमी एसियाको लागि रोजगारी र पर्यटनको केन्द्र बनाउने उनको भनाइ थियो।

ट्रम्पको यो भनाइको मध्यपूर्वका धेरै देशहरूले विरोध जनाएका छन्। साउदी अरेबियाले उक्त कुराको विरोध गर्दै आफूहरु प्यालेस्टाइनी जनताको साथमा रहेको बताएको छ। गाजामा साम्राज्यवादी मनसायसहितको कुनै पनि प्रकारको घुसपैठको विरोध गर्ने जनाएको छ। प्यालेस्टाइन अस्तित्वमा रहे मात्र इजरायलसँग सम्बन्ध सम्भव रहेकोले गाजाका मानिसहरूको निष्कासन सहन नगरिने उल्लेख गरेको छ।

त्यस्तै संयुक्त राष्ट्रसंघले पनि गाजालाई कुनै पनि तरिकाले कब्जा गर्नु र त्यहाँका मानिसहरूलाई विस्थापित गर्नु अन्तर्राष्ट्रिय नियमहरू विरुद्ध भएको बताएको छ। 

बुधबार भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेट र पत्रकार सम्मेलनमा ट्रम्पले गाजामा बसोबास गर्ने २३ लाख मानिसहरूलाई इजिप्ट र जोर्डन जस्ता देशहरूमा बसोबास गराइने जनाएका थिए। अमेरिकाले अब पश्चिम एसियाको समस्या समाधान गर्न दीर्घकालीन योजनामा ​​काम गर्न थालेको पनि उनले उल्लेख गरेका थिए।

ट्रम्पले उक्त योजना सम्पूर्ण विश्वको लागि लाभदायक साबित हुने पनि जनाएका छन्। यसको नतिजा चाँडै नै आउनेछ। नेतान्याहूले पनि उनको योजनामा समर्थन जनाएका थिए।

जोर्डन, टर्की र प्यालेस्टाइनको पनि विरोध 

साउदी र संयुक्त राष्ट्रसंघसँगै जोर्डन, टर्की र प्यालेस्टाइनले पनि ट्रम्पको भनाइको विरोध गरेका छन्। जोर्डनले गाजामा जग्गा कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट निष्कासन गर्ने कुनै पनि प्रयासको विरोध गर्ने बताएको छ।

टर्कीले गाजाबाट प्यालेस्टिनीहरूलाई निकाल्ने विचार पनि सहन नसकिने जनाएको छ। गाजाका जनताको सहमति बिना कुनै पनि निर्णय नहुने, यदी त्यसो भए आफूहरुले विरोध गर्ने टर्कीको भनाइ छ। 

प्यालेस्टाइनले गाजाबाट प्यालेस्टिनी जनतालाई निष्कासन गर्नु पूर्णतया गैरकानूनी कार्य हुने बताएको छ। त्यसविरुद्ध आफूहरूले निरन्तर संघर्ष गरिरहने जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.