खानेपानीमा जनताको हक स्थापित गर्छुः मन्त्री यादव

खानेपानीमा जनताको हक स्थापित गर्छुः मन्त्री यादव

सिन्धुपाल्चोक : गुणस्तरीय खानेपानीको उपभोग गर्न पाउने जनताको मौलिक हकलाई आफूले स्थापित गर्ने खानेपानी मन्त्री प्रदीप यादव बताएका छन्।

सिन्धुपाल्चोकको चौतारास्थित जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिद्वारा निर्मित गुणस्तरीय खानेपानी प्रशोधन केन्द्र एवम् नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री यादवले हरेक जनताको घरमा गुणस्तरीय खानेपानी पुर्‍याउने सरकारको उद्देश्य अनुरूप आफूले काम गरिरहेको बताए। ‘जनताको पानी, सरकारको लगानी’ भन्ने मूल योजनाको साथ खानेपानी मन्त्रालयले काम गरिरहेको बताउँदै उनले शुद्ध खानेपानीको लागि जनताले पैसा तिनुपर्ने व्यवस्था हटाइने उद्घोष गरे।

‘विश्वकै जलश्रोतको धनी देशका जनताले खानेपानीको उपभोग गर्दा पैसा तिनुपर्ने अवस्था छ, अब म त्यो हुन दिन्न’, उनले भने– ‘हरेक नेपालीले निःशुल्क रुपमा खानेपानीको उपभोग गर्न पाउनुपर्नेमा मैले जोड दिँदै आएको छु।’ खानेपानी उपभोग गरेवापत चर्को मूल्य तिर्नु न्यायोचित र वैज्ञानिक नभएको बताउँदै मन्त्री यादवले उपभोक्ताले खानेपानीको उपभोग गरेवापत गर्नुपर्ने ३० प्रतिशत सहलगानी पद्धतिलाई खारेज गरिने बताए।

१ वर्ष भित्रमा ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउने लक्ष्य मन्त्रालयले राखेको बताउँदै उनले यस पटकको बजेट ४२ हजार उपभोक्तालाई ध्यानमा राखेर बनाइने बताए। ‘यो पटकको बजेट निर्माण कुनै नेताको व्यक्तिगत मनसाय र धाँधलीले हुँदैन, उपभोक्ताको रायले हुन्छ’, मन्त्री यादवले भने– ‘शुद्ध खानेपानी उपभोग गर्न पाउने जनताको अधिकारलाई मध्यनजर गर्दै अर्थ मन्त्रालयमा विशेष बजेटको मागसमेत गरेको छु।’

जनताको सेवा दिन बनेको उपभोक्ता समितिलाई लिने कर खारेज गर्नेबारे संसदमा आवाज उठाएको बताउँदै उनले जनताका खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्दै शुद्ध र स्वच्छ पानी वितरण गर्नु आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको स्पष्ट पारे। ‘मन्त्रालय सम्हालेदेखि नै जनताको खानेपानी समस्या समाधानका निम्ति निरन्तर कार्यरत छु’, मन्त्री यादवले भने– ‘खानेपानी क्षेत्रका समस्याहरू समाधान गर्ने म प्रतिबद्धता व्यक्त गर्दछु।’

गुणस्तरीय खानेपानी प्रशोधन केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका लगायत आसपासका क्षेत्रका नागरिकहरूको जीवनस्तर सुधार गर्ने विश्वास व्यक्त गर्दै उनले सुरक्षित र प्रशोधित खानेपानी उपलब्ध गराएर स्वास्थ्य, सरसफाई एवम् समग्र जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकिने बताए। 

६ करोड २६ लाख रुपैयाँमा निर्माण गरिएको प्रशोधन केन्द्रबाट २५ लिटर प्रति सेकेण्ड पानी शुद्धीकरण गरी उपभोक्तासम्म पुर्‍याइने जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष सुभाष कर्मचार्यले बताए। हाल समिति अन्तर्गत ५ हजार ५ सय उपभोक्ता रहेको बताउँदै उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट पानी परीक्षण गरी गुणस्तरीय खानेपानी उपभोक्तालाई वितरण गरिएको बताए।

कार्यक्रमको अवसरमा योजना सम्पन्न गर्न सघाउ पुर्‍याएवापत तत्कालीन जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिडन इन्जिनियर अरुण सिंखडा, निर्माण कम्पनी सगरमाथा मालिकादेवी जेभी, जग्गादाता लगायतलाई सम्मान गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.