शरीरमा क्यान्सरै प्रवेश नगर्ने स्थिति बनाऔं : स्वास्थ्यमन्त्री पौडेल

तस्बिरमा क्यान्सरविरुद्ध अन्नपूर्णको दशौं साइकल र्‍याली

तस्बिरमा क्यान्सरविरुद्ध अन्नपूर्णको दशौं साइकल र्‍याली

काठमाडौं : क्यान्सरविरुद्ध अन्नपूर्णको दशौं साइकल र्‍यालीको उद्घाटन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गरेका छन्। क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले नेपाल क्यान्सर केयर फाउन्डेसनको सहकार्यमा सञ्चालन भएको ‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्‍याली शनिबार बिहान सुरु भएको हो।

र्‍यालीका लागि ५ हजार जनाले दर्ता गराएका थिए। ३३ कर्पोरेट हाउसले र्‍यालीलाई भव्य बनाउन सहकार्य गरेका छन्। हरेक वर्ष विश्व क्यान्सर दिवसलाई लक्षित गरेर अन्नपूर्ण पोस्ट्ले सचेतना साइकल र्‍याली गर्दै आइरहेको छ। यो दसौं संस्करण हो।

nullकार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले नेपालीको शरीरमा क्यान्सरै प्रवेश नगर्ने स्थिति सिर्जना गर्न सचेतना फैलाउनु पर्ने बताए। 

उनले भने, ‘बिरामी बढी राख्ने र उपचारात्मक प्रणाली पनि पूर्ण नहुने अवस्थाले यो स्थिति अझै गम्भीर बनेर जान्छ । त्यसैले बिरामीलाई न्यूनीकरण गर्ने स्थित बनाउनु पर्छ । नेपालीको शरीरमा क्यान्सरै प्रवेश नगर्ने स्थिति बनाउनु पर्छ । यसका लागि सचेतना प्रवर्द्धनको काम गर्न जरुरी छ ।’

null

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले समाजलाई उत्कृष्ट बनाउन स्वास्थ्य निकै महत्वपूर्ण रहेको बताए। 'अन्नपूर्ण मिडिया नेटवर्कले राष्ट्र, राष्ट्रियता रक्षा तथा लोकतन्त्रलाई संस्थागत गर्नका लागि संघर्ष गर्दै आएको छ ।', उनले भने, ' समाजलाई उत्कृष्ट बनाउन स्वास्थ्य पनि त्यति नै सम्वेदनशील र महत्त्वपूर्ण छ । त्यस अन्तर्गत दशौं वर्षदेखि हामीले क्यान्सर केयर फाउण्डेनसँग सहकार्य गरेर क्यान्सरविरुद्ध सचेतना अभिवृद्धि गर्दै आएका छौं ।'  

तस्बिरहरु : अभिषेक महर्जन र अशोक दुलाल।

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.