नेपाललाई शिक्षाको हब बनाउन सकिन्छ : अर्थमन्त्री पौडेल
ढल्केवर(धनुषा) : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई शिक्षाको हब बनाउन सकिने बताएका छन्। शनिबार धनुषाको लालगढमा आयोजित प्याब्सन मधेस प्रदेशको चौथो अधिवेशनलाई सम्बोधन गर्दै विदेशबाट विदेशी विद्यार्थीहरू अध्ययनका लागि नेपालमा आउने परिस्थिति निर्माण गर्न सकिने बताएका हुन्।
‘देशभित्र राम्रो शिक्षाको ग्यारेन्टी मात्रै गर्ने होइन। विदेशबाट विदेशी विद्यार्थीहरू अध्ययनका निम्ति नेपालमा आउने परिस्थिति निर्माण गर्न सक्छौं। हाम्रोमा राम्रो वातावरण छ। सामाजिक रूपमा पनि सद्भाव एकताको स्थिति छ। नेपालीलाई भेटेपछि विदेशीहरू दंग पर्छन्। सधैं नेपालीलाई सम्झिराखेका हुन्छन्।’
विचाराधीन शिक्षा विधेयकमा प्याब्सनको संस्थागत निर्णय गरेर आवश्यक सुझाव ल्याउन उनले आग्रह गरे। ‘कुन-कुन बुँदामा प्याब्सनको असहमति छ। कुन-कुन बुँदामा कस्तो प्रबन्ध हुनुपर्छ भन्ने लागेको छ। संस्थागत रूपमा निर्णय गरेर आउनुस्। तपाईंहरुको कुरा सरकारले सुन्छ,’ अर्थमन्त्री पौडेलले भने।
प्रतिक्रिया दिनुहोस !