भिठामोर भन्सारलाई स्तरोन्नति गर्नुपर्नेमा जोड

भिठामोर भन्सारलाई स्तरोन्नति गर्नुपर्नेमा जोड

ढल्केवर(धनुषा) : मधेस प्रदेशका उद्योगीहरू मिठामोर भन्सारलाई स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन्। शनिबार धनुषाको ढल्केवरमा मधेश प्रदेश उद्योग परिसंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगीहरूले मिठामोर भन्सार तथा जनकपुर–जयनगर रेल्वे भन्सारलाई बडी भन्सारमा परिणत गर्नुपर्ने माग गरेका हुन्।

अहिले धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका व्यवसायीहरूले भारतको बिशाखापट्टनम बन्दरगाहबाट माल सामान आयात गर्दा वीरगन्ज भन्सार वा जोगवनी नाकाको प्रयोग गर्नुपर्ने बाध्यता छ। जसले ढुवानी लगायतको खर्च बढेको उद्योगीहरूको गुनासो छ।

मिठामोर भन्सार तथा जनकपुर–जयनगर रेल्वे भन्सारको स्तरोन्नति भए मधेश प्रदेशका सर्लाही, महोत्तरी धनुषा सिरहा सप्तरी उदयपुर र सिन्धुली लगायतका जिल्लाको उद्योगीहरूलाई सहज हुने कार्यक्रमका वक्ताहरूले विश्वास व्यक्त गरेका थिए।

उद्योगीहरू बीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वरक्षामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेतीले उद्योगीहरूको यो मागलाई सदनमा उठाउने प्रतिबद्धता जनाए। मधेशको विकासले समग्र देशको विकासमा टेवा पुग्ने र मधेशको विकासका लागि र यस क्षेत्रका उद्योगीहरूको सहजताका लागि आफू तत्पर रहेको उल्लेख गरे।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.