साइकल चढौं, स्वस्थ बनौं

साइकल चढौं, स्वस्थ बनौं

सोनिया अधिकारी, एसिस्टेन्ट म्यानेजर (मिडिया), एसियन पेइन्ट्स नेपाल

अन्नपूर्णको साइकल र्‍याली स्वास्थ्यमा केन्द्रित भएकाले हामी जोडिएका हौं । यो राम्रो पहल हो । अहिलेको अवस्थामा क्यान्सरबाट धेरै जना पीडित भइरहेका छन् । पहिला चुरोट खाएरमात्रै क्यान्सर हुन्छ भन्ने हाम्रो सोचाइ हुन्थ्यो तर अहिलेको जीवनशैलीका कारण क्यान्सर भइरहेको हुन्छ । यस्तोबेला अन्नपूर्णले गरेको यो र्‍यालीले जनचेतना फैलाउन मद्दत गर्छ । यसमा सहभागी हुन पाउँदा धेरै खुसी छौं ।

सुमन थापा, डिजिटल र मिडिया म्यानेजर, लक्ष्मी सन्राइज बैंक

साइकल नियमित रूपमा चलाउने र यसमा धेरै रुचि भएकाले पनि सहभागी भएको हुँ । क्यान्सरबारे जनचेतना जगाउने भन्ने उद्देश्य र्‍यालीको रहेकाले सहभागी हुन उत्प्रेरित भएँ । संस्थागत रूपमा हाम्रो उद्देश्य पनि जनस्वास्थ्य, महिला स्वास्थ्य सरोकारको विषय हो । स्वास्थ्य र वातावरणमा एकदमै सक्रिय भएकाले पनि यो अभियानमा जोडिएका हौं ।

प्रसुनकुमार लाखे, कर्पोरेट सेल्स सुपरभाइजर, लक्ष्मी ईमोबिलिटी केई ब्रान्ड

अन्नपूर्ण पोस्ट्ले गरेको यो इभेन्ट धेरै राम्रो छ। यो सामाजिक पहल र स्वास्थ्य वातावरणको लागि भयो। क्यान्सरविरुद्ध स्वस्थ वातावरणका लागि यो र्‍याली गरिएको छ। हामी स्वच्छ वातावरणको कुरा गरिरहेका छौं। तर औद्योगिक क्षेत्रलगायतका विभिन्न ठाउँबाट कार्बन उत्सर्जन भइरहेको छ। यसले गर्दा हाम्रो स्वास्थ्यमा धेरै नै असर गरिरहेको छ। 

विनय थापामगर, सेल्स म्यानेजर, दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल

हाम्रो विलासितायुक्त फाइभ स्टार रिसोर्ट भएकाले स्वास्थ्यसम्बन्धी केही न केही जोडिएको छ। यसकारण हामी पनि यो अभियानमा सहभागी भएका छौं। यस्तो खाले र्‍याली भइराख्नु पर्छ। स्वास्थ्य र शारीरिक तन्दुरुस्ती (फिटनेसका)का लागि यस्ता खाले र्‍याली भइरहनुपर्छ। म पनि साइकल चलाउन उत्साहित हुन्छु। बेलाबेला यस्तो कार्यक्रम भइरहे जनचेतना फैलाउनमा पनि सहयोग पुग्छ।

नवराज कोइराला, एसिस्टेन्ट जनरल म्यानेजर, बज्र ग्रुप, ईभी नेपाल मोटर्स

विश्वव्यापी रूपमा अहिले क्यान्सर एकदम घातक रोगमा विकसित हुँदै छ। क्यान्सरलाई रोक्नुपर्छ भन्ने हाम्रो पनि सोच हो। क्यान्सर र ईभीको कनेक्टिभिटी पनि छ। स्वास्थ्यका लागि विद्युतीय सवारी (इलेक्ट्रिक भेहिकल) उपयुक्त छ। यसले धुवाँ फाल्दैन, वातावरणलाई राम्रो बनाउँछ। वातावरण सफा भएपछि मानिसले स्वच्छ हावा लिएर स्वस्थ हुन्छन्। यसले कुनै रोग नलाग्ने सम्भावना हुन्छ। 

रवि पोखरेल, सीईओ, हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टर

अन्नपूर्ण साइकल र्‍याली विगत ९–१० वर्षदेखि नै क्यान्सरबारे जनचेतनामा महŒवपूर्ण भूमिका खेल्दै आएको छ। यसमा हामी पनि जोडिन पाउँदा अन्नपूर्णले गरेको यो अभियानमा सहभागी हुन पाउँदा हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरलाई गौरव महसुस भएको छ। क्यान्सरको जनचेतनामा हाम्रो पनि केही न केही भूमिका होस् भनेर यसमा सहभागी भएका हौं।

तिलकराज पाण्डेय, सीईओ, नेपाल बैंक लि.

अन्नपूर्ण पोस्ट्को दसौं वर्षसम्म गर्दै आएको रन फर लाइफ कार्यक्रम ज्यादै प्रभावकारी र मानवीय हित तथा सुरक्षाको लागि छ। जसले क्यान्सरबारे जनचेतना जगाउने, रोकथाम गर्ने र सकभर लाग्नै नदिने यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा एकदमै खुसी लागेको छ। यसमा नेपाल बैंकलाई पनि सहयोगको हात बढाउन अवसर दिएकोमा अन्नपूर्ण मिडिया नेटवर्कलाई धेरै धन्यवाद दिन चाहन्छु। 

वसन्त बकसी, हेड अफ मार्केटिङ एन्ड कर्पोरेट कम्युनिकेसन, महालक्ष्मी विकास बैंक

स्वास्थ्य सतर्कता, क्यान्सरबारे जनचेतना जगाउनका लागि पनि यो अभियान बैंकका लागि ठूलो प्लेटफर्म भयो। हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुन्छौं। यसकारण स्वास्थ्यमा जोडिएको र मिडिया हाउसले राम्रो काम गरेकाले जनचेतनामा हामीले साथ दियौं भन्ने बुस्ट हुन्छ भनेर सहभागी भयौं। 

अंकुश अग्रवाल, प्रबन्ध निर्देशक (एमडी),पालसोनिक टेलिभिजन

अन्नपूर्णसँगको पुरानो चिनजानलाई निरन्तरता दिएका हौं। क्यान्सरविरुद्धको जनचेतना साइकल र्‍याली धेरै कमले गर्छन्। यो अभियान भइरहनु पर्छ। भविष्यका लागि अझ भर्खरका नयाँ पुस्ताको ज्ञानका लागि आवश्यक छ। यो अभियान धेरै राम्रो हो। स्वास्थ्य सचेतनाका लागि 
निरन्तर हुन जरुरी छ।

निशान्त अधिकारी, ब्रान्ड एन्ड कम्युनिकेसन लिड, ईसेवा

जलवायु परिवर्तनले गर्दा मानव स्वास्थ्यमा पनि विभिन्न हानि पुगिरहेको छ। अहिलेको खानपानले पनि स्वास्थ्यमा प्रभाव पारेको छ। जस्ले क्यान्सर जस्तो भयावह रोग दिनप्रतिदिन बढ्दो छ। यस अवस्थामा हरेक व्यक्ति सजग हुन आवश्यक छ। यस्तो अवस्थामा अन्नपूर्णको यो अभियान सहायकसिद्ध बन्न सक्छ। अर्थतन्त्र उकास्न मद्दत गर्ने र स्वास्थ्यमा जनचेतना जगाउने खालमा हाम्रो साथ सधैं रहन्छ। अन्नपूर्णले गरेको यो पहल राम्रो लागेर हामी अभियानमा जोडिएका हौं।

होमराज श्रेष्ठ, अध्यक्ष, क्वालिटी दरबार प्रालि

क्यान्सरविरुद्ध स्वास्थ्यका लागि जनचेतना जगाउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको यो कार्यक्रममा ऐक्यबद्धता जनाउनका लागि हामीले सहकार्य गरेको हो। अहिले नेपालमा क्यान्सरले विकराल रूप लिइरहेको छ। यो जनचेतनाले सचेतना जगाउँछ भन्ने विश्वास लिएको छु। अन्नपूर्णको यो कार्यलाई हाम्रो संस्थाले आर्थिक, भौतिक, नैतिक रूपमा नै साथ दिएको छ।

रजनी थापा, राष्ट्रिय अध्यक्ष, नेपाल जेसिस

नेपाल जेसिस युवाहरूको संस्था हो, जहाँ नेतृत्व र व्यक्तित्वको विकास हुन्छ। युवा नेटवर्कमा सबैभन्दा ठूलो संस्थाको रूपमा रहेको जेसिसले अन्नपूर्णसँगको सहकार्यमा क्यान्सर सचतेना फैलाउने काम गरेका छौं। युवामा क्यान्सरविरुद्ध जनचेतना भयो भने अब आउने पुस्तामा क्यान्सर रोग कम होला भन्ने हाम्रो विश्वास छ। नेपाल जेसिसले अन्नपूर्णसँग क्यान्सरविरुद्ध सचेतना फैलाउन सदैव सहकार्य गर्नेछ।

सोमराज शर्मा, जोखिम तथा बिमांकीय अधिकृत–शिखर इन्स्योरेन्स

क्यान्सरविरुद्धको साइकल र्‍याली उपयोगी छ। क्यान्सरजस्तो गम्भीर रोग लाग्यो भने यसले दायित्व बढाउने काम गर्छ। यो राइड फर लाइफमा हाम्रो सहकार्य भनेको वातावरणमैत्री स्वास्थ्यवद्र्धक कार्यमा ऐक्यबद्धता हो। काठमाडौंको व्यस्त जीवनमा कसरी स्वास्थ्य जीवन बनाउने भन्ने समस्या नै छ। यसका लागि पनि यो साइकल र्‍याली आवश्यक छ।

निराजन केसी, सेल्स म्यानेजर, दुसित प्रिन्सेस काठमाडौं

क्यान्सरविरुद्धको यो अभियान समुदायमा सचेतना जगाउनका लागि हो। दुसित प्रिन्सेसले जहिले पनि दिगो विकासलाई केन्द्रमा राख्ने भएकोले अन्नपूर्णसँगको यो सहकार्य भएको हो। विश्वभरि नै क्यान्सरपीडित बढिरहेका छन्। यो अभियानले क्यान्सरपीडितहरूलाई सबै साथमा छन् भन्ने साहस प्रदान गर्छ जस्तो लाग्छ। दुसित प्रिन्सेसले यस्तो सामाजिक कामलाई जहिले पनि साथ दिनेछ।

आशिष गुरुङ, अपरेसनल म्यानेजर, सोल्टी होटल ब्रान्च ट्र्यान्कुलिटी स्पा

१०औं अन्नपूर्ण राइड फर लाइफमा आबद्ध भइरहँदा क्यान्सरविरुद्धको सचेतनामा हामी पनि साथ छौं भन्ने सन्देश दिन खोजेका छौं। हाम्रो स्पा स्वास्थ्यसँग सम्बन्धित भएकोले बेलाबेलामा विभिन्न अभियानहरू सञ्चालन गरिरहेका हुन्छौं। अझ त्योभन्दा बढी प्रभावकारी अन्नपूर्णको यो साइकल र्‍याली हुन्छ जस्तो लाग्छ। यसले क्यान्सरविरुद्धको सचेतनासँगै क्यान्सर पीडितलाई पनि ढाडस दिन्छ।

नीलन वज्राचार्य, सिनियर सेल्स म्यानेजर–एसपीजी अटोमोबाइल्स, शारदा ग्रुप

अन्नपूर्ण मिडियाअन्तर्गत राइड फर लाइफ भनेर सहकार्य गर्न पाउँदा एकदम खुसी लागेको छ। यति धेरै साइकलिस्टहरू देख्दा झनै उत्साहित पनि भएका छौं। साइक्लिङ भनेको सिधै स्वास्थ्यसँग नै सम्बन्धित छ। दैनिक जीवनमा एकदम नै बेफुसर्दी हुने भएकोले आरामको समय नै हुँदैन । साइक्लिङले मानिसको स्वास्थ्यसँगै वातावरणलाई पनि सफा गर्न मद्दत गर्छ। 

विजेन्द्र तुलाधार, ब्रान्ड एन्ड मार्केटिङ डिपार्टमेन्ट, सिद्धार्थ बैंक

अन्नपूर्णले आयोजना गरेको यो साइकल र्‍याली सराहनीय छ। यस्तो किसिमको पहलले मानिसहरूलाई क्यान्सरसँग सम्बन्धित चेतना फैलाउने काम गरेको छ। यसका साथै क्यान्सरको रोकथामका लागि के गर्नुपर्छ र कसरी स्वास्थ्य जीवन बाँच्नुपर्छ भन्ने पनि ज्ञान दिन्छ। क्यान्सर जस्तो रोग लाग्न नदिन यसका बारेमा सामान्यस्तरदेखि नै जानकारी हुनै पर्छ।


नीलमणि न्यौपाने, चिफ बिजनेस डेभलपमेन्ट अफिसर, नामी ग्रुप अफ कम्पनिज

क्यान्सरविरुद्धको सचेतना फैलाउन जरुरी रहेको छ, जुन अन्नपूर्ण मिडियाले गरिरहेको छ। अन्नपूर्णको यो सराहनीय कामलाई हामीले पनि ऐक्यबद्धता जनाउँदै क्यान्सरविरुद्धको सचेतना जगाउने साइकल र्‍यालीमा सहभागिता जनाएका हौं। अन्नपूर्णले आगामी वर्षहरूमा गर्ने यस्तो कार्यमा हामी सधैं सहभागी हुनेछौं।

सुदर्शन खतिवडा, लक्ष्मी सनराइज बैंक

अन्नपूर्णले आयोजना गरेको राइड फर लाइफ अभियानसँगको सहकार्यले हाम्रो संस्थाको पनि महŒव बढाएको छ जस्तो मलाई लाग्छ। हाम्रो संस्थाले गो ग्रिन, उत्तरदायी र ग्रहणयोग्य तथा वातावरणलाई जोडेर काम गर्छ। संस्थाको भ्यालुसँग यो अभियान मिलेको छ। यो अभियानमा सहभागी भएको यो भीडले पनि कार्यक्रमको सफलता देखाउँछ।

दिवेश अमात्य, सेल्स एन्ड मार्केटिङ कोअरडिनेटर, फुड एग्रो

हाम्रो संस्थाले सामाजिक मान्यताका लागि अन्नपूर्णसँग साइकल र्‍यालीमा सहभागिता जनाउँदै आएको छ। अन्नपूर्णसँगको सहकार्यले हाम्रो संस्थाको भ्यालु पनि माथि उठेको छ। जस्तो आज पनि २५ सयभन्दा सहभागी हुनुहुन्छ, उहाँहरूले हाम्रो उत्पादनको बारेमा जानकारी पाउनु भएको छ। यो अभियानले क्यान्सरको बारेमा बोलेको छ। जनचेतना फैलाउनका लागि यो र्‍यालीले सहयोग गर्छ।

सुरज लामिछाने, प्रतिनिधि–एनसेल फाउन्डेसन

एनसेल फाउन्डेसनले पनि सामाजिक कार्यमा काम गर्दै आइरहेको छ। अन्नपूर्णको यो अभियान पनि सामाजिक पहलको राम्रो उदाहरण हो। स्वास्थ्य जनचेतनाको क्षेत्रमा यो अभियान केन्द्रित छ। क्यान्सर रोग महँगो उपचारमा जानुभन्दा पहिला नै यससम्बन्धी जानकारी पाउन जरुरी छ। क्यान्सरबाट कसरी बच्ने, कसरी स्वस्थ्य जीवन बिताउने भन्ने यस्ता अभियानबाट जानकारी पाउन सकिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.