सत्तारुढ दलका सांसदले सरकारलाई सोधे - आगलागी नियन्त्रणको तयारी के छ ?
काठमाडौं : सत्तारुढ दल नेकपा एमालेका सांसदले आगलागी नियन्त्रणका लागि सरकारको तयारी कस्तो छ भन्दै प्रश्न गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले आगलागी नियन्त्रणका लागि सरकारको तयारीबारे गृहमन्त्रीले संसदमा जानकारी दिनुपर्ने माग गरे।
देशभर भइरहेका आगलागीका घटनाको विस्तृत जानकारी संसदमा गराउनुपर्ने उनको भनाइ छ।
'सभामुखज्यूबाट स्पष्ट रुलिङ होस् भन्न चाहन्छु । गर्मी सुरू नहुँदै आगलागी सुरू भएको छ। आगलागीका घटनाहरू कहाँ-कहाँ भएका छन् ? तिनीहरूको बारेमा विस्तृत जानकारी संसदमा दिइयोस्,'उनले भने,'आगलागी नियन्त्रणका लागि सरकारको तयारी कस्तो छ ? अहिलेसम्मका घटनाहरूका विवरण तयार पारेर पीडितहरूलाई क्षतिपू्र्ति दिने के-के काम भइरहेका छन्। निदानका लागि केके भयो यसबारे गृहमन्त्रीले संसदमा जानकारी दिनुपर्छ।'
गर्मी सुरू नहुँदै विभिन्न स्थानमा आगलागीसँगै डढेलो सुरू भएको छ।
प्रतिक्रिया दिनुहोस !