गुल्मीमा ४८ वर्षीय पुरुष मृत फेला

गुल्मीमा ४८ वर्षीय पुरुष मृत फेला

गुल्मी  : गुल्मीमा सोमबार दिउँसो एक पुरुष मृत फेला परेका छन्। जिल्लाको मुसिकोट नगरपालिका-३ धरमपानी निवासी तुल बहादुर कार्की मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक(डीएसपी) चिरञ्जीवी दाहालका अनुसार मृत भेटिएका ४८ वर्षीय कार्की माघ २६ गते बिहान कसैलाई जानकारी नगराई  घरबाट हिँडेका थिए।

दुई दिनदेखि सम्पर्कविहीन भएका कार्कीको घरपरिवार, आफन्त र छिमेकीले खोजतलास गरे पनि उनी भेटिएका थिएनन्। माघ २८ गते दिउँसो १ बजेतिर उनको भतिज नाता पर्ने राजु कार्कीले अस्थायी प्रहरी पोस्ट ठुलापोखरालाई जानकारी गराएका थिए।

मौखिक जानकारी प्राप्त भएलगत्तै वामीटक्सार प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक प्रकाश शाहीको कमान्डमा पाँच जनाको टोलीसहित स्थानीय घटना स्थलमा पुगेका थिए।

उनको सोमबार दिउँसो धरमपानीस्थित खोल्सामा शव फेला परेको डीएसपी दाहालले बताए। मृतक कार्कीको घर परिवारमा श्रीमती र २ छोरा रहेको भन्ने बुझिएको छ।

घटनाबारे थप अनुसन्धानका प्रहरी नायब उपरीक्षक दाहालको कमाण्डमा प्रहरी टोली परिचालन भएको कार्यालयले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.