मोरङ कारागारका बन्दीको मृत्यु

मोरङ कारागारका बन्दीको मृत्यु

विराटनगर : जिल्ला कारागार मोरङका १ जना बन्दीको मंगलबार दिउँसो मृत्यु भएको छ। मृतक जबरजस्ती करणी मुद्दा (बलात्कार)मा कारागार चलान गरिएका बन्दी हुन्। 

मोरङको रतुवामाई नगरपालिका–५  का २९ वर्षीय किसुन टुडु सतारको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए। उनका अनुसार किसुनको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा दिउँसो १:४५ बजेतिर मृत्यु भएको हो। किसुन आफूविरुद्ध दर्ता भएको मुद्दा फैसलाको पर्खाइमा थिए। 

अचानक रिंगाटा लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने समस्या देखिएपछि उनलाई उपचारका लागि माघ २६ गते कोशी अस्पताल लगिएको जेलर ढुंगेलले बताए। उनका अनुसार उपचाररत अवस्थामै मृत्यु भएका किसुनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले गत साउन ११ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। 

थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएपछि कारागार चलान गरिएका उनको आफू विरुद्धको मुद्दा किनारा नलाग्दै मृत्यु भएको हो। मृतकको शव कोशी अस्पतालमै रहेको र परिवारका सदस्य आइपुगेपछि जिम्मा लगाइने जेलर ढुंगेलले बताए। 

मोरङ कारागारमा क्षमताभन्दा ३ गुणा बढी कैदीबन्दी राखिएको छ। कारागारको क्षमता पुरुष २ सय ५० र महिला ५० गरेर ३ सय ५० जनाको हो। हाल आश्रित बालबालिका ४, महिला ९७ र पुरुष ९ सय ८४ गरेर १ हजार ८५ जना रहेको ढुंगेलले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.