छविलाल जोशीलाई थुनामा पठाउने आदेशको उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

छविलाल जोशीलाई थुनामा पठाउने आदेशको उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

भैरहवा : रुपन्देहीको बुटवलस्थित सुप्रिम तथा बचत ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उच्च अदालतले जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ।

मुद्दाको प्रतिवादका लागि सोमबार अदालतमा उपस्थित भएका जोशीलाई जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले ‘कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि ठहरे बमोजिम हुने गरी अहिलेलाई पुर्पक्षका लागि थुनामा पठाउने’ आदेश गरेको थियो।

त्यसपछि जोशीको तर्फबाट थुनामा राख्ने आदेश बदरको माग गर्दै मंगलबार दर्ता भएको निवेदन उपर बुधबार सुनुवाई गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको एकल बेन्चले जिल्ला अदालत रूपन्देहीसँग कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी राम बहादुर कुवँरले जानकारी दिए।

सहकारी ठगी प्रकरणमा पोखरा र काठमाडौंमा जोशीविरुद्ध दर्ता भएको मुद्दामा उनी दुवै स्थानको जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.