नाबालिकामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा दुई युवक पक्राउ
बझाङ : बझाङको तल्कोट गाउँपालिका–२ मा एक नाबालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पीडित ८ वर्षीया बालिकाका परिवारजनले आरोपित विरुद्ध आज जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएका हुन्।
बिहीबार राति करिब ९ बजे बालिकालाई उनकै घरबाहिर आँगन छेउमा जबरजस्ती करणीको प्रयास भएको थियो। घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका करिब १८ वर्षीय पारस बोहरा र सानु बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्रसिंह ठगुन्नाका अनुसार पीडित परिवारले शुक्रबार बेलुका साढे ५ बजे लिखित उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको छ।
यस विषयमा विस्तृत अनुसन्धान जारी रहेको र कानुनी प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !