प्रकृति लम्साल मृत्यु प्रकरण

केआईआईटीमा अध्ययनरत १६ जना विद्यार्थी काँकडभिट्टा नाकाबाट स्वदेश फर्किए

केआईआईटीमा अध्ययनरत १६ जना विद्यार्थी काँकडभिट्टा नाकाबाट स्वदेश फर्किए

झापा : भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले निकालेकामध्ये १६ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्। उनीहरू आज बिहानको राती १ बजे झापाको काँकडभिट्टा नाकाबाट स्वदेश फर्किएका हुन्। 

केआइआइटी होस्टेलमा बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थिति असहज बनेपछि उनीहरू स्वदेश फर्किएको बताइएको छ। घर फर्किनेहरू सप्तरी राजविराज–२ तित्रीगाछीका आरती रोही, सालिमी दास, रिसक सिंह,आयुष राज, प्रजित यादव, कृष दास, राकेश साह,नवीन मण्डल रहेका छन्।

त्यस्तै सुनसरी इनरुवा –१ का ओमप्रसाद पोद्धार, मोरङ विराटनगर–१२ का आदित्य मिश्र, कास्की पोखराका सुलभ पौडेल,आयुष अधिकारी, काठमाडौँ–१० पुरानो बानेश्वरका समिम पौडेल, ललितपुर महालक्ष्मी–४ हात्तीबनका आकाश शाह, काठमाडौँ–१३ ताहाचलका पीयूष शाह र काठमाडौँ गोकर्णेश्वर– ७ का बिकेश श्रेष्ठ रहेका छन्। काँकडभिट्टाबाट नेपाल प्रवेशका गरेका उनीहरू आ-आफ्नो गन्तव्यतर्फ लागि सकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.